१२ माघ,दाङ ।
रक्षामन्त्री बालकृष्ण खाँडले सवै दललाई मिलाएर वर्तमान राजनितिक गतिरोधको अन्त्य गरिने बताउनु भएको छ । रिपोटर्स क्लब नेपाल दाङ शाखाले आज बुधबार तुलसीपुरमा गरेको साक्षात्कार कार्यक्रममा बोल्दै मन्त्री खाँडले सवैदललाई सहमतिमा ल्याएर संबिधान संसोधन तथा स्थानिय निकायको निर्वाचन गरिने बताउनु भयो । नेपालमा दलहरु अन्तीम समयमा आएर मिल्ने ईतिहास वनेको भन्दै मन्त्रि खाँडले वर्तमान राजनितिक निकास निकाल्नका लागी पनी चाडै सहमति हुने बताउनुभयो ।
देशको बिकास र वर्तमान निकास बाट अगाडि वढाउनका लागी दलहरुका बिचमा सहमति हुनुको बिकल्प नरहेको उहाँको भनाई रहेको छ । संबिधान संसोधन प्रस्तावमा अन्तिम समयमा सहमति हुनेमा उहाँले विश्वास समेत ब्यक्त गर्नु भयो । अर्को प्रशंगमा बोल्दै नेपाली काग्रेसका केन्द्रिय सदस्य समेत रहनु भएका मन्त्रि खाडले प्रदेश नम्वर ५ मा पहाडि जिल्लाहरुलाई पनी राखिनु पर्ने धारणा राख्नु भयो ।
उहाँले लुम्विनिको बिकासका लागी र लुम्विनिको गरिमालाई अझै उचो राख्नका लागी पनी प्रदेश नम्वर ५ बाट लुम्विनिका पहाडि जिल्लाहरुलाई छुटाउन नहुने आफनो ब्यक्तिगत धारणा रहेको समेत बताउनु भयो । लुम्विनि बिश्वको केन्द्र भएको भन्दै यसलाई अझै माथि उठाउन लुम्विनिका पहाडि जिल्लाहरुलाई संगै राख्नु पर्नेमा जोड दिनुभयो । तर मन्त्रि खाँडले यो बिषयमा पार्टिमा तथा सरकारमा समेत कुरा राखेको भन्दै पार्टिले गर्ने निर्णय भने आफुले मान्ने बताउनुभयो ।
आफु काग्रेसको सच्चा सिपाहि भएको भन्दै काग्रेस र नेपाल आफुले कहिल्यै छोडन नसक्ने समेत बताउनु भयो । साक्षात्कारमा बोल्दै मन्त्रि खाँडले देशको गरिमालाई उच्च राख्न नेपाली सेनाले खेलेको भुुमिकाको उच्च प्रशंसा समेत गर्नुभयो । नेपाली सेनाले सिमाको रक्षाका साथै नेपालको परिवर्तलाई आत्मसाथ गरि अगाडि वढेको भन्दै देशको बिकासमा समेत नेपाली सेनाको भुमिका महत्वपुर्ण रहेको बताउनुभयो ।
मुलुकमा भएका २ वटै सविधान सभाको निर्वाचनमा नेपाली सेनाले महत्वपुर्ण भुमिका निर्वाह गरेको समेत बताउनु भयो । उहाँले नेपाली सेनाले ठुला ठुला दैवि प्रकोपको ब्यवस्थापन तथा अन्तराष्ट्रिय मिशनमा समेत विश्वको छैठौ सेनाको रुपमा आफुलाई स्थपित गरेको भन्दै त्यसले नेपाल र नेपालीको शिर उचो बनाएको बताउनु भयो ।