मतदान स्थल पुगेर निधिले मागे देउवालाई भोट | ईमाउण्टेन समाचार

Our Network

फागुन १ २०८१, बिहीबार

मतदान स्थल पुगेर निधिले मागे देउवालाई भोट

काठमाडौं । नेपाली काँग्रेसको १४ औं महाधिवेशन स्थल भृकुटीमण्डपमा दोस्रो चरण सभापति चयनका लागि मतदान भै रहेको छ । 

उक्त मतदान स्थलमा पुगेर नेपाली काँग्रेसका नेता तथा पहिलो चरणका सभापतिका उमेदवार विमलेन्द्र निधिले प्रधानमन्त्री शेरबहादुर देउवा को पक्षमा महाधिवेशन प्रतिनिधिहरू लाई भोट मागिरहेका छन् ।

पहिलो चरणको मतदानमा निधि, देउवा, प्रकाशमान सिंह, डा. शेखर कोइराला र कल्याण गुरूङले उमेदवारी दिएका थिए ।

पहिलो चरणको मतदानमा कुनै पनि उमेदवारले ५१ प्रतिशत मत पुर्‍याउन  नसक्दा हाल दोस्रो चरणको मतदान भै रहेको छ ।

दोस्रो चरणको निर्वाचनमा भने देउवा र कोइरालाले मात्रै उम्मेद्बारी दिएका  छन् भने सिंह, निधि र गुरूङले देउवालाई साथ दिएका छन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);