काठमाडौं । नेपाली कांग्रेसको सभापति चयनका लागि हुने दोस्रो चरणको मतदानमा विमलेन्द्र निधि समूहलेपनि देउवालाई सहयोग गर्ने भएको छ ।
देउवा र प्रकाशमान सिंह बिच चाक्सीबारीमा भएको सहमति पछि सिंह समूहले देउवालाई सहयोग गर्ने जानकारी आइरहेको बेला निधि समूहले पनि देउवालाई सहयोग गर्ने जनाएको हो । पहिलो चरणमा भएको मतदानमा कुनै पनि उम्मेदवारले ५० प्रतिशत मत कटाउन नसकेपछि दोस्रो चरणमा शेरबहादुर देउवा र डा. शेखर कोइरालाबीच प्रतिस्पर्धा हुने भएको छ ।
पहिलो चरणको निर्वाचनमा खसेको कुल ४६८१ मतपत्रमा देउवाले २२५८, शेखर कोइरालाले १७२९, प्रकाशमान सिंह ३७१, विमलेन्द्र निधि २४९ र कल्याण गुरूङले २० मत प्राप्त गरेका थिए ।