सत्तारुढ पार्टीको चुनाव : मतपत्र सकिएर तिन पटक रोकियो भोटिङ ! | ईमाउण्टेन समाचार

Our Network

चैत २१ २०८२, आइतबार

सत्तारुढ पार्टीको चुनाव : मतपत्र सकिएर तिन पटक रोकियो भोटिङ !

काठमाडौं । नेपाली कांग्रेसको जारी महाधिवेशन अन्तर्गत सोमबार मतदान भइरहेको छ । देशकै सबैभन्दा पूरानो र सत्ताको नेतृत्व गरिरहेको पार्टीको मतदान भने अव्यवस्थित देखिएको छ । विहान ८ बजेबाट सुरु गर्ने भनिएको मतदान मध्याह्न १२ बजेसम्म मतपत्र छपाइका कारण रोकिएको थियो । 

मतदान सुरु भए पनि उम्मेदवार धेरै भएकाले धेरैवटा मतपत्रको व्यवस्था रहेको छ । मतदान गर्न एक जना प्रतिनिधिलाई आधा घण्टादेखि १ घण्टासम्मको समय लागेको छ । 

तर, लगातार मतदान हुन सकिरहेको छैन । मतदान जारी रहँदा मतपत्र सकिएको भन्दै तिन पटक मतदान केही समयका लागि रोकिएर पुन: सुचारु भएको छ । राष्ट्रिय सभा गृहमा एक र भृकुटीमण्डपमा दुई गरी तीनवटा मतदान केन्द्रमा मतदान भइरहेको छ । 

मतदान बेलुका १० बजेसम्म हुने भनिएको छ । ४ हजार ७४३ प्रतिनिधिले मतदान गर्ने छन् । सात बजेसम्म ३ हजार करिबले मतदान गरेका छन् । कूल १३२ पदका लागि ४८७ उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन् । 

Leave a Reply