अवैध सालको काठसहित एक पक्राउ | ईमाउण्टेन समाचार

Our Network

असार १३ २०८१, बुधवार

अवैध सालको काठसहित एक पक्राउ

तनहुँ । तनहुँमा अवैध सालको काठसहित एक जना पक्राउ परेका छन् । देवघाट गाउँपालिका स्थायी घर भई शुक्लागण्डकी नगरपालिका–७ भोटेपानी बस्ने २५ वर्षीय हेमन्त थापालाई शुक्लागण्डकीको कैंडलेबाट प्रहरीले पक्राउ गरेको हो ।

थापाले शुक्लागण्डकी नगरपालिका–६ जाम्दीबाट ग१त २०१८ नम्बरको ट्याक्टरमा लोड गरेर खैरेनीटारतर्फ सालको काठ ल्याउँदै गर्दा पक्राउ गरेको जिल्ला प्रहरीका कार्यालय तनहुँका डीएसपी युवराज खड्काले बताए । 

इलाका प्रहरी कार्यालय बेलचौताराबाट खटिएको टोलीले सानो ठूलो १५ थान सालको काठसहित ट्याक्टर र युवकलाई नियन्त्रणमा लिएर शव डिभिजन वन कार्यालय बेलचौतारामा पठाइएको उनले जानकारी दिए । प्रहरीले बुधबार राति नियन्त्रणमा लिएको काठबारे बिहीबार साँझ मात्रै सार्वजनिक गरेको छ । नियन्त्रणमा लिएर प्रहरीले बुझाएको काठको बारेमा वन कार्यालयले अनुसन्धान थालेको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);