राष्ट्रिय सभा चुनावका लागि पुस २० गते उम्मेदवारी दर्ता गरीने | ईमाउण्टेन समाचार

Our Network

असार ९ २०८१, शनिबार

राष्ट्रिय सभा चुनावका लागि पुस २० गते उम्मेदवारी दर्ता गरीने

काठमाडौं । निर्वाचन आयोगले आगामी माघ १२ गते हुने राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि निर्वाचन तालिका र कार्यक्रम स्वीकृत गरी तालिका सार्वजनिक गरेको छ । आयोगका सहसचिव एवम् प्रवक्ता शालिग्राम शर्मा पौडेलका अनुसार पुस २० गते राष्ट्रिय सभा चुनावका लागि उम्मेदवारी दर्ताको कार्यक्रम छ ।

उम्मेदवारीको सूचीमा दाबी विरोधको उजुरी २१ गते दिने, २२ र २३ गते उजुरीमाथि छानविन गर्ने, २४ गते उम्मेदवारले नाम फिर्ता लिने र २५ गते उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने कार्यतालिका बनाइएको छ ।

सोही दिन उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गर्ने र तोकिएका मतदान केन्द्रमा माघ १२ गतेदेखि बिहान ९ बजेदेखि ३ बजेसम्म मतदान हुने आयोगले जनाएको छ । त्यसअघि निर्वाचनमा भाग लिन चाहने दललाई पुस १ गतेदेखि १० गतेसम्म दल दर्ता गर्ने समय दिइएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);