प्रदेश प्रतिनिधि भएर आएका कांग्रेसका नेता भन्छन्- व्यवस्थापन लथालिङ्ग छ | ईमाउण्टेन समाचार

Our Network

असोज २९ २०८१, मंगलबार

प्रदेश प्रतिनिधि भएर आएका कांग्रेसका नेता भन्छन्- व्यवस्थापन लथालिङ्ग छ

सुर्खेत । नेपाली कांग्रेसको प्रथम प्रदेश अधिवेशनमा भाग लिन आएका प्रतिनिधिहरूले अधिवेशनको व्यवस्थापन कमजोर भएको बताएका छन् । प्रतिनीधिहरूले बासस्थानदेखि अधिवेशनस्थलसम्म व्यवस्थित नभएको आरोप लगाएका हुन् ।अधिवेशनमा सहभागीलाई बासस्थानका लागि होटेलको व्यवस्थापन कमजोर भएको, प्रतिनिधिहरूलाई दिएको प्रतिनिधि कार्ड पनि आधिकारीक हस्ताक्षर नभएको, झोला कागजको स्टीकर टाँसिएको जस्ता आरोप लगाएका हुन् । 

आफूले महाधिवेशनमा सहभागी शुल्क दुई हजार रुपैयाँ तिरेको बताउँदै हुम्ला हिमा गाउँपालिकाबाट प्रदेश प्रतिनिधिमा चयन भएका एक सहभागीले भने,  ‘हामीलाई यति फोहोर भएको होटलमा बसालियो । जहाँ खाना बस्न र सुत्नलायक होटेल थिएन । पैसा बढी लिएर भए पनि राम्रो ठाउँमा राखेको भए हुन्थ्यो ।’

 हिले डिजिटल युगमा पनि कार्डमा आधिकारीक हस्ताक्षर नहुनु एक प्रकारको लापरवाही भएको कालिकोटबाट सहभागी एक प्रतिनिधिले बताए । ‘कार्डमा आधिकारीक हस्ताक्षर छैन । यो शुल्क लिएर कार्ड त राम्रो दिनुपर्‍याे नि’, उनले भने, ‘आधिकारीक हस्ताक्षर नभएको कार्डलाई कसरी आधिकारिक मान्ने ?’ कार्डमा पार्टीको लेटर हेड भए पनि आधिकारिक छाप नभएको ती सहभागीले बताए । 

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);