एमाले महाधिवेशनः सहमति नभए विद्युतीय मतदान असम्भव | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८०, शुक्रबार

एमाले महाधिवेशनः सहमति नभए विद्युतीय मतदान असम्भव

चितवन । एमाले महाधिवेशनमा सर्वसम्मत केन्द्रीय कमिटीको नेतृत्व चयन नभए विद्युतीय मतदान असम्भव हुने भएको छ । चितवनमा जारी सर्वसम्मतिको प्रयास असफल भए एमाले केन्द्रीय कमिटीका पदाधिकारी र सदस्यमा निर्वाचन गर्नुपर्ने हुन्छ । 

यसका लागि निर्वाचन समितिले विद्युतीय मतदान मेसिन तयारी हालतमा राखेपनि संसोधित विधानका कारण तत्काल विद्युतीय मतदान असम्भव हुने देखिएको हो । एमालेले विधान संसोधन अघिको केन्द्रीय पदाधिकारी र सदस्य संख्याको हिसाव गरेर मतदानको व्यवस्था गरेको थियो । तर विधान संसोधन गर्दै उपाध्यक्षसहितका पदाधिकारी र केन्द्रीय सदस्यको संख्या थप भएका कारण भोटिङ मेसिनमा पुनः पदाधिकारी र केन्द्रीय सदस्यको संख्या वढाउनु पर्ने अवस्था आएको छ । 

विद्युतीय मतदानको  तयारीमा रहेका प्राविधिकका अनुसार थपिएका पदाधिकारी र केन्द्रीय सदस्यको संख्यासमेत समावेश गरेर तत्काल विद्युतीय मतदान गराउन असम्भव छ । सहमति भएन र निर्वाचनमा जानुपर्ने अवस्था आएमा मतपत्र छाप्नुपर्नेछ । विद्युतीय मतदान गर्ने हो भने मतपत्र तयारीका लागि समय लाग्ने प्राविधिकहरु बताउँछन् । 

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);