काठमाडौं, ११ माघ। प्रधानमन्त्री पुष्पकमल दाहालले सत्तारुढ कांग्रेस र मधेसी मोर्चासँग स्थानीय तहको निर्वाचनको मिति घोषणाबारे छलफल गर्दै हुनुहुन्छ ।
प्रधानमन्त्री दाहालले अपरान्ह ४ बजे कांग्रेस, माओवादी र मधेसी मोर्चाको बैठक बोलाउनुभएको हो ।
बैठकमा मधेसी मोर्चाका नेताहरुले छिट्टै स्थानीय चुनावको मिति घोषणा गर्ने तीन दलको सहमतिबारे प्रधानमन्त्रीको आधिकारिक धारणा माग्ने तयारी गरेका छन् ।
मधेसी मोर्चाका नेताहरुले संसदमा दर्ता भएको संविधान संशोधन विधेयक पास नभएसम्म चुनावमा नजाने बताएका छन् ।
साथै उनीहरुले स्थानीय तह पुनर्संरचना आयोगको प्रतिवेदनमा पनि आपत्ति जनाएका छन् । प्रधानमन्त्रीले भने राष्ट्रियसभाकामताधिकार हटाएर स्थानीय चुनावमा जाने प्रस्ताव गर्नुभएको छ ।
यसका लागि पनि संविधान संशोधन हुन जरुरी छ । एमालेले यसबारे धारणा सार्वजनिक गरेको छैन । आजको बैठकमा संसदमा दर्ता भएको संविधान संशोधन विधेयक लगायतका विषयमा पनि छलफल हुने नेताहरुले बताएका छन् ।