कांग्रेस अधिवेशन : जुम्ला सभापतिमा कर्णबहादुर शाही विजयी | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

कांग्रेस अधिवेशन : जुम्ला सभापतिमा कर्णबहादुर शाही विजयी

जुम्ला । नेपाली कांग्रेस जुम्लाको ७ औँ अधिवेशनमा जिल्ला सभापतिमा कर्णबहादुर शाही विजयी भएका छन । उनको प्रतिद्वन्द्वी दिपबहादुर शाहीलाई पाँच मतले पराजित भएका हुन् ।

यसअघि दिपबहादुर वर्तमान जिल्ला सभापति हुन् । तत्कालीन कांग्रेस सभापति मानव सेजुवालको नेपाल एयरलाइन्सको जहाज दुर्घटनामा मृत्यु भएपछि उनले कार्यवाहक सभापतिको जिम्मेवारी समेत पाएका थिए । 

दिपबशादुर शाहीले झन्डै दुई कार्यकाल जिल्ला सभापतिसमेत चलालेका थिए । उनी यो पटक कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल प्यानलबाट सभापतिका उम्मेदवार थिए । प्रधानमन्त्री तथा सभापति शेरबहादुर देउवा प्यानलबाट सभापतिको उम्मेदवारी घोषणा गरेका कर्णबहादुर शाही यसअघिका कांग्रेस जुम्लाका सचिव हुन् । 

प्रदेशका दुई निर्वाचन क्षेत्रमा गरेर ६० मतले देउवा पक्ष पछाडि थियो । देउवा प्यानलबाट सभापतिमा कर्णबहादुर शाहीले पाँच मतले विजयी हासिल गरेको मुख्य निवार्चन अधिकृत हसिना प्रधानले बताइन् । 

उनले भनिन्, ‘पौडेल प्यानलबाट सभापतिका उम्मेद्वार दीपबहादुर शाही पराजित भए पनि उपसभापतिमा दिपक शाही र कार्मा बुढा, सचिवमा गोल्डेन कठायत र लक्ष्मण शाही, सहसचिवमा धनेन्द्र बोहोरा र नन्दप्रसाद चौलागाई पौडेल पक्षबाट विजयी भएका छन् ।’

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);