बारको आन्दोलन जारी, सर्वाेच्चबाट हटाइयो दंगा प्रहरी | ईमाउण्टेन समाचार

Our Network

मंसिर १० २०८१, सोमबार

बारको आन्दोलन जारी, सर्वाेच्चबाट हटाइयो दंगा प्रहरी

काठमाडौ ।  प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको राजीनामा माग्दै सोमबार पनि नेपाल बार एसोसिएसनले आफ्नो आन्दोलन जारी राखेको छ । आन्दोलित कानुन व्यवसायीहरू अहिले पनि ब्यानरसहित धर्ना दिइरहेका छन् ।

यता बारको आन्दोलनलाई निस्तेज बनाउन र न्यायालयको सुरक्षाका लागि भन्दै खटाइएका दंगा प्रहरीलाई सर्वाेच्च अदालत परिसरबाट हटाइएको छ । एसएलआरजस्ता अत्याधुनिक हतिायरसहित सुरक्षाकर्मी खटाइएको भन्दै बारले विरोध पनि जनाएको छ । कार्यपालिकासँग मिलेर राजनीतिक भागबण्डा खोजेकोलगायतका आरोप लगाउँदै जबराको राजीनामा मागेर तीन साताभन्दा बढी समयदेखि बार आन्दोलनमा छ । 

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);