रुकुमपश्चिममा कांग्रेस प्रदेश अधिवेशन स्थगित | ईमाउण्टेन समाचार

Our Network

चैत २९ २०८१, शनिबार

रुकुमपश्चिममा कांग्रेस प्रदेश अधिवेशन स्थगित

सुर्खेत । रुकुमपश्चिममा हुने शुक्रबारका लागि तोकिएको कांग्रेस १४औं महाधिवेशनअन्तर्गतको प्रदेश अधिवेशन स्थगित गरिएको छ । शुक्रबार कर्णाली प्रदेशकै प्रमुख धार्मिक स्थल डिग्रे शाईकुमारी मन्दिरमा लाग्ने मेलाको कारण प्रदेश अधिवेशन स्थगित भएको हो ।

धार्मिक मेलाका कारणले रुकुमपश्चिमा प्रदेश निर्वाचन क्षेत्रमा हुन लागेको अधिवेशन स्थगित गर्नुपरेको नेपाली कांग्रेस रुकुम पश्चिमका पार्टी सचिव गोरखबहादुर खत्रीले बताए ।

‘धार्मिक अवसरमा परापूर्वकालदेखि लाग्दै आएको महत्वपूर्ण स्थानीय पर्वसमेत रहेकाले अधिवेशन स्थगित गरिएको हो’, उनले भने, ‘स्थगित भएको प्रदेश अधिवेशन ५ मंसिरमा गरिने सहमति भएको छ ।’ त्यस्तै, ६ मंसिरका दिन नेपाली कांग्रेस रुकुम पश्चिमको सातौ जिल्ला अधिवेशन हुनेछ । 

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);