सर्वोच्चको गेटमा प्रदर्शनकारीभन्दा प्रहरी बढी, वकिलसँग घम्साघम्सी | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८०, शुक्रबार

सर्वोच्चको गेटमा प्रदर्शनकारीभन्दा प्रहरी बढी, वकिलसँग घम्साघम्सी

काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई अदालत प्रवेशमा रोक लगाउने तयारीका साथ अदालत प्रवेश गरेका कानुन व्यवसायी र प्रहरीबीच घम्साघम्सी भएको छ ।

जबरालाई रोक्न वैकल्पिक गेटमा धर्ना दिन पुगेका कानुन व्यवसायीलाई रोक्ने क्रममा प्रहरीसँग वकिलहरूको घम्साघम्सी चलेको हो । कानुन व्यवसायीले मूलगेटमा धर्ना दिँदै आएका कारण जबरा वैकल्पिक ढोकाबाट अदालत प्रवेश गरिरहेका छन् । तर बिहीबार भने कानुन व्यवासयी वैकल्पिक गेटमा धर्ना दिन पुगेका छन् । 

वैकल्पिक गेटसमेत बन्द गर्न खोजेपछि धर्ना दिने कानुन व्यवसायीको भन्दा ठूलो संख्यामा प्रहरी परिचालन गरिएको छ । यता, राजीनामाको दबाब झेल्दै आएका जबराले सर्वोच्च अदालतका न्यायाधीशहरूको पूर्ण बैठक वोलाउने तयारी गरेका छन् । असन्तुष्ट न्यायाधीशहरूले जबराबाहेक नै फुलकोर्ट बस्ने तयारी थालेपछि उनले बैठक बोलाउने तयारी गरेको सर्वोच्च अदालत प्रशासनले जनाएको छ । 

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);