आजको विदेशी मुद्राको विनिमय दर यस्तो छ | ईमाउण्टेन समाचार

Our Network

चैत २२ २०८०, बिहीबार

आजको विदेशी मुद्राको विनिमय दर यस्तो छ

dolar

काठमाडौ । नेपाल राष्ट्र बैंकले मंगलबारको विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । बैंकका अनुसार मंगलबार अमेरिकी डलर एकको खरिद दर ११८ रुपैयाँ ८८ पैसा छ भने बिक्रीदर ११९ रुपैयाँ ४८ पैसा पुगेको छ ।

युरोपियन युरो एकको खरिद दर १३६ रुपैयाँ ०६ पैसा र बिक्री दर १३६ रुपैयाँ ७५ पैसा छ । यूके पाउन्ड स्टलिङ एकको खरिद दर १५९ रुपैयाँ ४४ पैसा र बिक्री दर १६० रुपैयाँ २४ पैसा कायम भएको राष्ट्र बैंकले जनाएको छ ।

स्वीस फ्रेङ्क एकको खरिद दर १२९ रुपैयाँ १५ पैसा र बिक्री दर १२९ रुपैयाँ ८० पैसा रहेको छ । त्यस्तै, अष्ट्रेलियन डलर एकको खरिद दर ८७ रुपैयाँ ५० पैसा र बिक्री दर ८७ रुपैयाँ ९४ पैसा छ ।

क्यानेडियन डलर एकको खरिद दर ९४ रुपैयाँ ८७ पैसा छ भने बिक्री दर ९५ रुपैयाँ ३५ पैसा कायम भएको छ । जापानी यन १० को खरिद दर नेपाली १० रुपैयाँ ४४ पैसा र बिक्री दर १० रुपैयाँ ४९ पैसा छ । त्यस्तै, चिनियाँ युआन एकको खरिद दर १८ रुपैयाँ ६२ पैसा र बिक्री दर १८ रुपैयाँ ७१ पैसा रहेको बैंकले जनाएको छ । 

साउदी अरेबियन रियाल एकको खरिद दर ३१ रुपैयाँ ७० पैसा र बिक्री दर ३१ रुपैयाँ ८६ पैसा छ भने कतारी रियाल एकको खरिद दर ३२ रुपैयाँ ६५ पैसा र बिक्री दर ३२ रुपैयाँ ८२ पैसा छ । मलेसियन रिंगिट एकको खरिद दर २८ रुपैयाँ ९७ पैसा र बिक्री दर २८ रुपैयाँ ७१ पैसा कायम भएको राष्ट्र बैंकले जारी गरेको सूचीमा उल्लेख छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);