पुनः आमरण अनसन बस्ने डा. केसीको चेतावनी | ईमाउण्टेन समाचार

Our Network

पुष ६ २०८१, शनिबार

काठमाडौं, २० कार्तिक । वरिष्ठ चिकित्सक गोविन्द केसीले राष्ट्रपति विद्या भण्डारीले चिकित्सा शिक्षा ऐन तत्काल प्रमाणीकरण नगरे पुनः आमरण अनसन बस्ने चेतावनी दिएका छन् ।

वरिष्ठ चिकित्सक केसीले राष्ट्रपति भण्डारीले चिकित्सा शिक्षा ऐन प्रमाणिकरण नगरेर देशको सर्वोच्च पदकै अवमूल्यन गरिरहेको आरोप समेत लगाए । सोमबार काठमाडौंमा पत्रकार सम्मेलन गरी उनले अवको एक हप्ता भित्र पनि सो ऐन प्रमाणीकरण नगरे पुनः आमरण अनसन बस्ने चेतावनी दिएका हुन् ।

वरिष्ठ चिकित्सक केसीले सरकारले पठाएको अध्यादेशलाई राष्ट्रपतिले रोक्न नमिल्ने संवैधानिक व्यवस्था रहेको पनि स्मरण गराए । उनले संविधानले नागरिकलाई स्वास्थ्य सेवामा सहज पहुँच पु¥याउने व्यवस्था गरेको उल्लेख गर्दै सो अनुसार आएको ऐन रोक्ने अधिकार राष्ट्रपतिलाई नरहेको तर्क पनि गरे । वरिष्ठ चिकित्सक केसीले राष्ट्रपति भण्डारीले कुनै राजनीतिक पार्टीको दवावमा परेर ऐन प्रमाणीकरण गर्न आनकानी गरिरहेको आशंका गरे ।

 

सरकारले कार्तिक ६ गते चिकित्सा शिक्षा ऐन अध्यादेशमार्फत पारित गरेर राष्ट्रपति समक्ष पेश गरेको थियो । तर त्यो अध्यादेश हालसम्म पनि प्रमाणीकरण नभएपछि वरिष्ठ चिकित्सक केसी आक्रोशित हुनु भएको हो । उनले त्रिभुवन विश्वविद्यालय चिकित्सा शाष्त्र अध्ययन संस्थानको पछिल्लो प्रवेश परीक्षामा भएको चिट चोरीको विषयमा देखिएको विवाद तत्काल अन्त्य गर्न पनि सम्बन्धित निकायलाई दवाव पनि दिए ।

 

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);