काठमाण्डौँ, २० कार्तिक । माओवादी नेता वर्षमान पुनले डा.बाबुराम भट्टराईले गठबन्धनबाट भागेर गोरखा २ मा जाने गलत निर्णय गरेको दाबी गरेका छन् ।
गोरखा क्षेत्र नम्बर २ माओवादी केन्द्रको गढ भएको भन्दै बाबुराम भट्टराईले चुनाव हार्ने दाबी समेत गरेका छन् । सो क्षेत्रमा माओवादी केन्द्रका नारायणकाजी श्रेष्ठको जित निश्चित भएको पुनले बताए ।
माओवादी केन्द्रको गढ मानिएको क्षेत्रमा एमालेको समेत साथ छ, त्यसैले माओवादी केन्द्रका शीर्षनेता नारायणकाजीको जित निश्चित भएको पुनले दाबी गरेका हुन् ।
आगामी संसदमा नारायणकाजीजस्तो बरिष्ठ नेताको भूमिका अहम रहने भएकाले गोरखा २ मा श्रेष्ठलाई जिताउन पार्टीको सम्पूर्ण ताकत लगाइने पुनले बताएका छन् ।