सर्वधन राईले भने सभापतिबाट ‘नो ब्याक’ | ईमाउण्टेन समाचार

Our Network

माघ ९ २०८१, बुधवार

सर्वधन राईले भने सभापतिबाट ‘नो ब्याक’

खोटाङमा । पूर्व राज्यमन्त्री सर्वधन राईले आसन्न नेपाली कांग्रेस खोटाङको जिल्ला अधिवेशनमा सभापतिबाट ‘ब्याक’ नहुने स्पष्ट पारेका छन् । बुधबार दिक्तेलमा पत्रकारसँगको भेटघाट तथा चियापान कार्यक्रममा राईले आगामी १० मंसिरमा हुने कांग्रेसको जिल्ला अधिवेशनमा सभापतिमा कसैसँग सम्झौता नगर्ने स्पष्ट पारेका छन् ।

‘धेरै सोचेर, बुझेर, गहिरो अध्ययन गरेर हाम्रो उम्मेद्वारीको चर्चा चलाएको हो । हाम्रो उम्मेद्वारी कुनै पनि हालतमा ब्याकक हुँदैन । नो ब्याक,’ राईले भने, ‘हामी अगाडि बढ्यौँ । हामी जिते पनि बढ्यौंँ, हारे पनि अगाडि बढ्यौँ । समग्रमा भन्दा सभापतिमा हाम्रो कोहीसित सम्झौता हुँदैन । अरु विषय वस्तु मिलाउने क्रममा सम्झौता हुन सक्छ । तर, सभापतिको विषयवस्तुमा कुनै पनि सम्झौता हुँदैन ।’ 

 सुरुमा सभापतिमा दावी गर्ने तर अन्तिममा पछि हट्ने आशंकाबारे राईले आफू पछि नहट्ने स्पष्ट पारेका छन् । उनले जिल्लामा पार्टीलाई नयाँ उचाइ र गति दिनका लागि सभापतिमा उम्मेद्वारी दिन लागेको बताए ।

‘जिल्लामा कांग्रेसको संगठन अत्यन्तै अव्यस्थित छ । अनुशासनविहीन छ, अव्यवस्थित छ । चेक एन्ड व्यालेन्स केही छैन । संस्थागत भएको छैन । दिनप्रतिदिन पार्टीप्रतिको आकर्षण घट्दो अवस्थामा देखिन्छ,’ राईले भने, ‘नयाँ साथीहरू आइरहनु भएको छ तर जब दिन सकिएको छैन । पार्टी संगठनको मूल प्रवाहमा समावेश गरेर वैचारिक र सैद्धान्तिक तरिकाले जसरी लिएर जानुपर्ने हो त्यो भएको छैन । त्यी सबै अभाव परिपूर्ति गर्न हाम्रो उम्मेद्वारी हो ।’ 

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);