विदेशी मुद्राको विनिमय दर, आज कुन देशको कति ? | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

काठमाडौं । नेपाल राष्ट्र बैंकले आइतबारको लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । राष्ट्र बैंकले अमेरिकी डलर एकको खरिद दर अधिकतम ११९ रुपैयाँ ५३ पैसा र बिक्रीदर १२० रुपैयाँ १३ पैसा कायम गरेको छ ।

यसैगरी, आइतबार युरोपियन यूरो एकको खरिद दर १३९ रुपैयाँ १३ पैसा र बिक्री दर १३९ रुपैयाँ ८३ पैसा छ । यूके पाउन्ड स्टलिङ एकको खरिद दर १६४ रुपैयाँ ९४ पैसा र बिक्री दर १६५ रुपैयाँ ७७ पैसा छ । यस्तै, स्वीस फ्रेङ्क एकको खरिद दर १३० रुपैयाँ ३९ पैसा र बिक्री दर १३१ रुपैयाँ ०५ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

आइतबार चिनियाँ यूआन एकको खरिद दर १८ रुपैयाँ ७२ पैसा र बिक्री दर १८ रुपैयाँ ८१ पैसा रहेको छ भने जापानी येन १० को दरिद दर नेपाली १० रुपैयाँ ५० पैसा र बिक्री दर १० रुपैयाँ ५५ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ । 

यस्तै, कतारी रियाल एकको खरिद दर ३२ रुपैयाँ ८३ पैसा र बिक्री दर ३२ रुपैयाँ ९९ रुपैयाँ छ भने साउदी अरबियन रियाल एकको खरिद दर ३१ रुपैयाँ ८७ पैसा र बिक्री दर ३२ रुपैयाँ ०३ पैसा रहेको राष्ट्र बैंकले सार्वजनिक गरेको सूचीमा उल्लेख छ ।  

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);