धादिङमा ‘वाइरिङ सर्ट’ भएर यात्रुवाहक बसमा आगलागी | ईमाउण्टेन समाचार

Our Network

वैशाख २५ २०८१, मंगलबार

धादिङमा ‘वाइरिङ सर्ट’ भएर यात्रुवाहक बसमा आगलागी

धादिङ । धादिङको गजुरीमा वाइरिङ सर्ट हुँदा यात्रुवाहक बसमा आगलागी भएको छ । सुर्खेतबाट काठमाडौं आउँदै गरेको ना ६ ख १४७१ नम्बरको यात्रुवाहक बसमा आइतबार बिहान २ बजे वाइरिङ सर्ट हुँदा आगलागी भएको धादिङ प्रहरीले जानकारी दिएको छ । 

प्रहरीकाअनुसार यात्रुहरू सकुशल रहेको र बसमा भने पूर्ण रूपमा क्षति पुगेको छ । गजुरीमा बजारमा आइपुगेपछि गुडिरहेको सो बसभित्र एक्कासि धुँवा देखिएपछि यात्रुलाई चालकले बाहिर निकालेका थिए । बसभित्र धुँवादेखिपछि रोकेर यात्रुलाई बाहिर निकालिएका कारण मानवीय क्षति हुन नपाएको प्रहरीको भनाइ छ । यात्रुका केही सरसमान भने जलेको छ । 
 

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);