तिहारमा प्रयोग हुने अर्बौको भाइ मसला र फुल भारतबाट आउँछ (भिडियाेसहित ) | ईमाउण्टेन समाचार

Our Network

असार १६ २०८१, शनिबार

तिहारमा प्रयोग हुने अर्बौको भाइ मसला र फुल भारतबाट आउँछ (भिडियाेसहित )

तिहार र छठका लागि किनमेल गर्नेहरुको चहलपहल बढिरहेको छ।

तिहारमा प्रयोग हुने भाईमसला देखि खाद्यान्न, कपडा र छठमा प्रयोग हुने सरसामानको किनमेल गर्नेहरु बजारमा विदेसी उत्पादन छयाप छयाप्ती भएको अनुभुती गरिरहेका छन। अझ दक्षिण सीमावर्ती क्षेत्रका जनताले दीपावली र छठको किनमेल गर्न खाली झोला भरि खल्ती लगेर भारतीय बजार जाने गरेका छन फर्किदा खल्ती खाली झोला भरि हुन्छ। यसले नेपालको व्यापार घाटा किन यति धेरै छ विषय छर्लंग भएको छ।

तिहार नजिकिदै जादा वर्षा रोकिएको छैन। व्यापरिहरुलाइ चिन्ता के छ भने भारतबाट फूल ल्याउन सकिन्छ कि सकिदैन भन्ने रङ्गीबिरङ्गी फूलहरुको पर्व तिहारमा काठमाण्डू उपत्यका लगायतका विभिन्न शहर बजारमा भारतीय फुल छयाप छयाप्ती पाइन्छ।

त्यहि फुल र फुलको माला किन्न उपभोक्ताहरु चर्को मूल्य तिर्न बाध्य हुनु पर्छ। नेपाल कृषिप्रधान देश भएपनि तिहारमा खपत हुने फूल माला लागि वर्षौदेखि भारतमा निर्भर छ। हरेक बर्ष करोडौको रुपैयाँ बराबरका सयपत्री र मखमली फुल तथा फुलका मालाहरु भारतबाट आयात गर्ने गरिन्छ। तिहारमा बढी प्रयोग हुने सयपत्री, मखमली लगायतका फूलका मालाहरु विशेषगरि भारतको कोलकत्ताबाट आयात हुने गरेको छ।

नेपाली हिन्दूहरुको दोस्रो ठूलो पर्व तिहार अर्को सातादेखि सुरु हुँदैछ। तिहार भन्ने बित्तिकै दाजुभाइ–दिदीबहिनीसँगको भेटघाट, बत्तीको झिलिमिली, मिठा परिकार र फूलहरुको रौनक हामी सबैको मानसपटलमा घुम्छ।

तर भाइटीकाको दिन दिदीबहिनीले दाजुभाइलाई दिने सगुन ‘भाइ मसला’ भने विदेसबाट आउछ। बदाम, काजु, ओखर, पिस्ता, छोक्रा, काजु, किसमिस, मखना, नरिवल लगायत परिकार प्रायजसो विदेसबाट आयात गरिन्छ। दैनिक उपभोग्य वस्तुमा विदेशीको भर पर्नु पर्ने नेपालीहरुले चाडबाडमा पनि विदेशकै भर पर्नु परेको छ। नेपालमा चीन, भारत, अमेरिका, भियतनाम, यूएई, कतार, थाइल्यान्ड लगायतका मुलुकबाट भाइ मसला आउछ। भन्सार विभागको तथ्यांक अनुसार एक अर्ब रुपैया भन्दा बढिको भाइमसला आयात हुने गरेको छ।

कृषि प्रधान देसमा हरेक बर्ष आयात हुने धान–चामलको मात्र होइन फुलको आयतले समेत कृषि प्रधान र्देश लाइए गिज्याइरहेको छ। नेताहरुले देसलाई आत्मनिर्भर बनाउने नाराको रटान लगाउन छोडेका छैनन। तर आयातले भने धेरै ठूलो फड्को मारेको छ। वर्षेनी अर्बौ रुपैयाँ बराबरको अन्न आयत हुँदै आएको छ। भन्सार विभागको तथ्यांक अनुसार गत बर्ष झण्डै ४५ अर्ब बराबरको चामल मात्र आयात भएको छ।

नेपालमा करिब ६० प्रतिशत जनता कृषिमा आबद्ध छन भनिन्छ। तर देसको अर्थतन्त्रमा कृषि क्षेत्रको योगदान २८ प्रतिशत मात्र छ। ११ महिनामा ४५ अर्बको धान–चामल आयात गर्ने देस नेपालले आर्थिक वर्ष २०७७/७८ को तथ्यांक अनुसार एक वर्षमा १४ खर्ब रुपैयाँ बराबरको व्यापार घाटा खेपेको छ।

यहाँ सम्म कि भूगोल र जनसंख्याको हिसाबले हामी भन्दा धेरै सानो देश भुटानसँग पनि नेपालको व्यापार घाटा निरन्तर बढ्दो छ। नेपालले भुटानबाट निर्यातको तुलनामा दोब्बर बढी आयात गरिरहेको छ। आर्थिक वर्ष २०७७÷०७८ मा भुटानसँगको व्यापारमा नेपालले ६१ करोड २० लाख ३७ हजार घाटा व्यहोर्नुपरेको छ। गत आवमा ५८ करोड ७२ लाखको निर्यात हुँदा १ अर्ब १९ करोड ९२ लाखको सामान भुटानबाट आयात भएको सरकारी तत्थांकले नै देखाएको छ।

कानुनले बन्देजको गरेको करोडौको तास भारतबाट आयात हुने गरेको छ। यसले हाम्रो देसको अर्थनीतिलाइ उदांगो बनाएको छ। मुलकलाई समृद्ध र जनतालाई सुखी बनाउने नारा नेताहरुको मुखमै झुण्डीको छ तर जनताले विषादी नै विषदी भएको विदेसी फलफूल, तरकारी र अन्य खाद्य एवं पेयपदार्थको सेवन गरिरहेका छन। यसले आम जनतालाई रोगी बनाइरहेको तर्फ कसैको ध्यान जान सकेको छैन।

भारतबाट आयात गरिने तरकारी तथा फलफूलमा विषादी कति छ भनेर राम्रोसँग परीक्षण समेत गरिदैन। हाम्रो जस्तो उर्वर भुमी भएको मुलुकलाई तरकारी तथा फलफूलमा समेत आत्मनिर्भर बनाउने नीति राज्यले ल्याउन सक्दैन भने किन समृद्धिको ढोल पिट्नु?

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);