प्रधानमन्त्री दाहाल फिर्ता | ईमाउण्टेन समाचार

Our Network

असार २६ २०८१, मंगलबार

प्रधानमन्त्री दाहाल फिर्ता

प्रधानमन्त्री पुष्पकमल दाहालले आफ्नो भारत भ्रमणले नेपाल र भारतबीचको सम्बन्धलाई थप उचाइमा पु¥याएको प्रतिक्रिया दिनुभएको छ ।

प्रधानमन्त्री दाहाल फिर्ता

प्रधानमन्त्री पुष्पकमल दाहालले आफ्नो भारत भ्रमणले नेपाल र भारतबीचको सम्बन्धलाई थप उचाइमा पु¥याएको प्रतिक्रिया दिनुभएको छ ।

चार दिने भारत भ्रमण पुरा गरी आइतबार स्वदेश फर्कनुभएका प्रधानमन्त्री दाहालले त्रिभुवन अन्तर्राष्ट्रिय विमान स्थलमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै आफ्नो भ्रमणले दुई देशबीचको बिश्वास अभिबृद्धि गर्न सहयोग पुगेको बताउनुभयो ।
पुष्पकमल दाहाल, प्रधानमन्त्री
प्रधानमन्त्री दाहालले भ्रमणका क्रममा जारी भएको संयुक्त वक्तव्यमा नेपालको संबिधान कार्यान्वयनमा भारतले गर्ने भनेको सहयोगलाइ अनाबश्यक रुपमा शंका नगर्न आग्रह गर्नुभयो । उहाँले नेपालले संबिधान जारी गरेको बिषय विश्वलाइ नै थाहा भएको र त्यसमा छिमेकीले सहयोग गर्छु भन्नु नौलो नभएको बताउनु भयो ।
बाइट…पुष्पकमल दाहाल, प्रधानमन्त्री
उहाँले नेपालको भारत र चीन सँगको सम्बन्धको आ–आफनै आयाम भएको भन्दै भारतसँगको सम्बन्धले चीनसँगको दुरी नबढ्ने उल्लेख गर्नु भयो ।
बाइट…पुष्पकमल दाहाल, प्रधानमन्त्री

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);