लाइसेन्स प्राप्त हतियार छ भने आजै बुझाउनुहोस्, नत्र अप्ठ्यारोमा परिएला! | ईमाउण्टेन समाचार

Our Network

भदौ २३ २०८१, आइतबार

काठमाडौँ, १७ कार्तिक। जिल्ला प्रशासन कार्यालय काठमाडौँले लाइसेन्स प्राप्त हातहतियार बुझाउन आग्रह गरेको छ। प्रशासनले काुननीरुपमा मान्यता प्राप्त बन्धुक, पेस्तोल लगाएतका हातहतियारहरु निर्वाचन अवधिभर कात्तिक मसान्तभित्र अनिवार्यरुपमा बुझाउन सर्वसाधारणसँग अनुरोध गरेको हो ।

निषेधीत हातहतियार लुकाई राखेको पाइएमा प्रचलित कानुन अनुसार र्काबाही गरिने बताइएको छ। कार्यालयले सुरक्षाकर्मी र कानूनबमोजिम लिन पाउने हतियारबाहेक अन्य कुनै पनि प्रकारका विस्फोटक, रसायनिक, विषालु पदार्थ, लाठी, खुकुरी, बन्दुक पेस्तोलजस्ता हतियार लिएर हिँड्न, प्रदर्शन गर्न वा गराउन पनि पूर्णरुपले निषेध गरेको हो।

कार्यलयले निवार्चन अवधिभर नै मदिरा पदार्थ बेच्न समेत पुर्ण निषेध गरिने बताएको छ। प्रतिनिधि सभा, प्रदेश सभा सदस्य निर्वाचनलाई लक्षित गरी काठमाडौँमा शान्ति सु–व्यवस्था गर्न कार्यालयले उच्च शतर्कता अपनाएको जनाएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);