आफ्नै छात्रालाई आत्महत्या दुरुत्साहन गरेको अभियोगमा प्रधानाध्यापक पक्राउ | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

आफ्नै छात्रालाई आत्महत्या दुरुत्साहन गरेको अभियोगमा प्रधानाध्यापक पक्राउ

बाँके । बाँकेको बैजनाथ गाउपालिकास्थित चिसापानीमा रहेको दिप ज्योती सेकेन्डरी स्कुलका प्रिन्सपल दमन पाण्डे आफ्नै छात्रालाई आत्महत्या दुरुत्साहन गरेको अभियोगमा पक्राउ परेका छन् ।

पाण्डेलाई आफ्नै विद्यालयबाट एसईई गरेकी छात्रालाई मृत्यु दुरुत्साहन गरेको अभियोगमा पक्राउ गरेको प्रहरीले जनाएको छ । एक साताअघि बैजनाथ गाउँपालिका गाभरकी १७ वर्षिया एलिशा शाह घरमै मृत अवस्थामा भेटिएकी थिइन् ।

मृतक शाहको मोबाइलमा प्रिन्सिपल पाण्डेले पठाएको अश्लील एसएमएस भेटिएपछि आक्रोशित स्थानीयले प्रिन्सपल पाण्डेमाथि कारवाहीको माग गर्दै विद्यालय घेराउ गरेका थिए । पाण्डेले विभिन्न खालका प्रलोभन दिएर अश्लील कार्य गरेको आशंका गरिएको छ ।

मृतक शाह पाण्डेकै करबलमा कोहलपुरमा रहेको एक विद्यालयमा ११ कक्षामा भर्ना भएको र बारम्बार विभिन्न खालका दबाब दिने गरेको मोबाइलमा भेटिएको एसएमएसले पुष्टि गरेकोले निश्पक्ष छानविन गरी कारवाहीको दायरामा ल्याउन आफूहरुको माग रहेको मृतक शाहका आफन्त पुनित विक्रम शाहले बताए ।

बाँके प्रहरी प्रमुख एसपी श्यामकृष्ण अधिकारीले प्रिन्सिपल पाण्डेलाई नियन्त्रणमा लिएर आत्महत्या दुरुत्साहन मुद्दा दर्ता गरी अनुसन्धान थालेको बताए । स्थानीयहरु शुक्रबार विद्यालयमै पुगेर दुंगामुढा गरेपछि प्रहरीले पाण्डेलाई नियन्त्रणमा लिएको थियो । 

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);