सुनको मूल्य तोलामा दुई सयले बढ्यो, चाँदीको भाउ स्थिर | ईमाउण्टेन समाचार

Our Network

असोज २१ २०८१, सोमबार

सुनको मूल्य तोलामा दुई सयले बढ्यो, चाँदीको भाउ स्थिर

काठमाडौं । दसैं लागेसँगै साताको अन्तिम दिन शुक्रबार नेपाली बजारमा सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार छापावाल सुन प्रतितोला ९० हजार ४०० रुपैयाँ कायम भएकोमा शुक्रबार दुई सय रुपैयाँले बढेर ९० हजार ६०० रुपैयाँमा काराेबार भइरहेकाे छ ।

शुक्रबार छापावाल सुन प्रति १० ग्राम ७७ हजार ६७५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ । त्यसैगरी, तेजाबी सुन प्रतितोला ९० हजार १५० रुपैयाँ कायम भएको छ । त्यस्तै, तेजाबी सुन प्रति १० ग्राम ७७ हजार २९० रुपैयाँ कायम भएको महसंघले जनाएको छ । 

शुक्रबार चाँदीको मूल्य स्थिर रहेको छ । आज चाँदीको मूल्य प्रतितोला एक हजार १७० रुपैयाँ काम भएको छ । बिहीबार पनि सोही मूल्यमा कारोबार भएको थियो । चाँदीको मूल्य प्रति १० ग्राम एक हजार तीन रुपैयाँ कायम भएको महसंघले जनाएको छ । 

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);