सरकारमा पठाउने मन्त्री छान्न जसपाको केन्द्रीय कार्यकारिणी समितिको बैठक बस्दै | ईमाउण्टेन समाचार

Our Network

चैत १९ २०८१, बुधवार

सरकारमा पठाउने मन्त्री छान्न जसपाको केन्द्रीय कार्यकारिणी समितिको बैठक बस्दै

upendra-yadba

काठमाडौं । मन्त्रालयको भागबण्डा टुंगिएपछि सत्ता साझेदार दल जनता समाजवादी पार्टी (जसपा) ले कार्यकारिणी समिति बैठक बोलाएको छ । दलका तर्फबाट सरकारमा सहभागी हुने मन्त्रीहरूको टुंगो लगाउन जसपाले बिहान ११ बजे केन्द्रीय कार्यकारिणी बैठक बोलाएको हो ।

बैठक पार्टी कार्यालय बालकुमारीमा बस्ने जसपा सांसद प्रमोद साहले बताए । बैठकको मुख्य एजेण्डा पार्टीका तर्फबाट सरकारमा सहभागी हुनेहरुको टुंगो लगाउने रहेको उनले जानकारी दिए ।

जसपाको यसअघिको बैठकले मन्त्रीहरुको टुंगो लगाउन पार्टीका अध्यक्षहरू यादव, डा. बाबुराम भट्टराई र अशोक राईसहित तीन सदस्यलाई जिम्मा दिने निर्णय गरेको थियो ।  

जसपाले उपसभामुखसहित चार वटा मन्त्रालय पाउने भएको छ । मन्त्रालयको संख्या थोरै र मन्त्रीका आकांक्षीको संख्या धेरै भएपछि जसपालाई मन्त्री टुंगो लगाउन सकस भएका छ । सत्तारुढ दलहरूले आजै मन्त्रीको टुंगो लगाएर प्रधानमन्त्री शेरबहादुर देउवाले भोलि सपथ गराउने बुझिएको छ ।  

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);