काठमाडौं नेता राजकुमार लेखी लोकतान्त्रिक समाजवादी पार्टीबाट राजीनामा दिएको चार दिनमै आज आइतबार नेकपा एमालेमा प्रवेश गर्दैछन् ।
आदिवासी जनजाति महासंघका पूर्वअध्यक्ष तथा थारु कल्याणकारिणीसभाका पूर्वमहामन्त्री लेखीले १४ असोजमा मात्र लोकतान्त्रिक समाजवादी छाडेका थिए ।
गोदावरीमा जारी एमालेको विधान महाधिवेशनस्थल पार्टी अध्यक्ष केपी शर्मा ओलीले लेखीलाई भित्र्याउन लागेका हुन् । लेखीसँगै विभिन्न पार्टीका नेता, कार्यकर्ता एमालेमा प्रवेश गर्ने कार्यक्रम छ ।
लेखी पछिल्लो समय लोसपा नेपालको केन्द्रीय कार्यकारिणी समिति सदस्य थिए ।