अर्काले पस्केको दूधभात खाने कांग्रेसको जात होइन : गगन थापा | ईमाउण्टेन समाचार

Our Network

असार २० २०८१, बुधवार

अर्काले पस्केको दूधभात खाने कांग्रेसको जात होइन : गगन थापा

काठमाडौं । नेपाली कांग्रेसका नेता गगनकुमार थापाले पार्टीमा मन टुटेका नागरिकको बीचमा गएर संवाद गर्नसक्ने नेतृत्व आवश्यक भएको बताएका छन् ।

काठमाडौं नगरपालिकाको अधिवेशन उद्घाटन कार्यक्रममा बोल्दै थापाले कांग्रेसले जनतामा आशा र भरोसा दिलाउन नसकेको बताए । कांग्रेस अहिलेको यथास्थितिवादले जनताको विश्वास जित्न नसक्ने बताए । ‘आज जसरी चलेको छ, यसले कांग्रेसप्रति जनताको भरोसा दिलाउन सक्दैन,’ उनले भने ।

नेता थापाले कांग्रेसभित्र सुदृढिकरण आवश्यक भएको पनि बताए । तहगत अधिवेशनले कांग्रेस सुधार गर्न भूमिका खेल्नुपर्नेमा थापाको जोड थियो । ‘कांग्रेसभित्र ठूलो सुदृढिकरण र सुधारको खाचो छ,’ उनले भने, ‘हामीलाई चाहे खुल्ला मञ्च, सडक तथा संसद वा जनताको झुपडीमा गएर बोलेको कुरामा भरोसा दिलाउने कांग्रेस चाहिएको छ, नागरिकहरुको टुटेको मन जोड्ने कांग्रेस चाहिएको छ ।’

नेता थापाले आउँदो तीन तहको निर्वाचनबाट कांग्रेस पहिलो पार्टी बनाउनुपर्नेमा जोड दिए । सम्पूर्ण कम्युनिस्ट र मधेशवादी दलहरु मिले पनि कांग्रेस पहिलो पार्टी बन्ने गरि काम गर्न उनले आग्रह गरे ।

‘अर्काले पस्केको दुधभात खाने कांग्रेसको जात होइन । हामी आफैले एकल शक्तिका आधारमा काठमाडौं महानगरमा पनि कांग्रेसको झण्डा गाड्ने हो । यो पटक एकल शक्तिका आधारमा फेरि पाँच वर्ष निम्ति देश चलाउने जिम्मा कोही सँग मिलेर होइन एक्लै सबै कम्युनिस्ट र मधेसका पार्टी एक भएर आए भने पनि जित्ने ताकत राख्नेगरी कांग्रेसले आफ्नो संगठन निर्माण गर्नुपर्छ । यसका लागि अझै हामीसँग संगठन बनाउन ६/७ महिना बाँकी छ,’ उनले भने ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);