लद्दाखमा चीनका उत्तेजक गतिविधिको बदला लिन्छौंः भारत | ईमाउण्टेन समाचार

Our Network

असार १३ २०८१, बुधवार

लद्दाखमा चीनका उत्तेजक गतिविधिको बदला लिन्छौंः भारत

एजेन्सी । भारत र चीनको सीमामा फेरि तनाब बढेको छ । लद्दाखमा चीनले आफ्ना सेना बस्ने ‘सेल्टर’ तयार गरेपछि दुई देशबीचको तनाव बढेको छ । लद्दाखका विभिन्न स्थानमा चीनको सेनाले ‘सेल्टर’ निर्माण गरेपछि दुई देशबीच केही समय मत्थर भएको तनाब पुनः बढेको हो ।

चीनले केही समयअगाडि लद्दाखको तासिंओंग, मन्जा, हट स्प्रिङ, चुरूपलगायतका स्थानमा सेल्टर बनाउनुका साथै गतिविधि तीब्र पारेको थियो ।

सेल्टरबाहेक चीनले रसियामा बनेका एयर मिसाइल ब्याट्री र अन्य एन्टि–एयरक्राफ्ट प्रणाली जडान गरेको छ । भारतीय पक्षबाट हुनसक्ने हमलाको प्रतिरोध गर्न भन्दै चीनले यस्तो प्रणाली जडान गरेको हो । 
चीनले सिमामा उत्तेजक गतिविधि गरेको भन्दै भारतले बेइजिङको आलोचना गरेको छ ।  सीमामा चीनको एकपक्षीय र उत्तेजक गतिविधिले लद्दाखको शान्ति र सद्भावमा गम्भिर असर गरेको भारतले आरोप लगाएको छ । 

भारतीय विदेश मन्त्रालयका प्रवत्ता अरिन्दम बाग्चीले चीनले सीमा क्षेत्रमा ठूलो संख्यामा सेना र हतियार परिचालन गरेको भन्दै भारतले पनि त्यसको उपर्युक्त जवाफ दिने चेतावनी दिएका छन् । 
पूर्वी लद्दाखमा दुई देशको सीमा छुट्टाउने लाईन अफ एक्चुल कन्ट्रोल (एलएसी) मा द्विपक्षीय सम्झौता र प्रोटोकलको  चिनियाँ पक्षले चाँडो समाधान गर्ने भारतले विश्वास गरेको छ । 

यसअघि नयाँ दिल्लीले गैरकानूनी ढंगले चिनियाँ भूमि अतिक्रमण गरेको र दुई देशको तनाबको मुख्य जड भारत भएको बेईजिङले आरोप लगाएको थियो । तर, चीनको आरोपमा कुनै सत्यता नभएको बाग्चीले दाबी गरेका छन् । 

‘चीनले सीमामा ठूलो संख्यामा सेना परिचालन गरी उत्तेजक गतिविधि तीब्र पारेकोले यस क्षेत्रको शान्ति र स्थिरतामा गम्भिर असर गरेको छ ।,’ उनले भने । चीनले सीमामा खटिएका सेनाका लागि मोडुलर कन्टेनरमा बस्न सक्ने नयाँ सेल्टर निर्माण गरेको भारतीय गुप्तचर निकायका अधिकारीहरूको एउटा प्रतिवेदनमा उल्लेख छ । 
 

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);