सरकारका प्रवक्ता कार्कीले भने : एमाले संवाद र वार्ताबाट भाग्यो | ईमाउण्टेन समाचार

Our Network

वैशाख १२ २०८१, बुधवार

सरकारका प्रवक्ता कार्कीले भने : एमाले संवाद र वार्ताबाट भाग्यो

काठमाडौं । सर्वदलीय बैठकले प्रमुख प्रतिपक्षी दल एमाले संवाद र वार्ताबाट भागेको निष्कर्ष निकालेको छ । प्रधानमन्त्री शेरबहादुर देउवाको आह्वानमा बिहीबार बालुवाटारमा बसेको संघीय संसदमा प्रतिनिधित्व गर्ने दलहरूको बैठकले प्रमुख प्रतिपक्षी दल एमाले संवाद र वार्ताबाट भागेको निष्कर्ष निकालेको हो ।

‘यसअघि सभामुखले बोलाएको सर्वदलीय बैठकमा पनि एमाले सहभागी भएन’, बैठकपछि सरकारका प्रवक्तासमेत रहेका कानुनमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले भने, ‘आज प्रधानमन्त्रीले डाकेको सर्वदलीय बैठकमा पनि एमाले प्रतिनिधि सहभागी भएनन् । हामीलाई लागेको छ, उहाँहरू संवाद र वार्ताबाट भागिरहनु भएको छ ।’ 

संसदमा भइरहेको गतिरोध अन्त्यका लागि एमाले पनि जिम्मेवार बन्नुपर्ने र यसका लागि वार्ता र संवादमा आउन पनि बैठकले एमालेलाई आह्वान गरेको छ । 

एमालेको अवरोधका कारण संसद बैठकमा विभिन्न विधेयक पेस हुन नपाएको कार्कीले बताए । संसद् अधिवेशन गर्ने विषयमा कुनै कुरा नभएको उनले । 

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);