कांग्रेस बाँकेकाे अधिवेशन अन्याेल | ईमाउण्टेन समाचार

Our Network

भदौ २० २०८३, आइतबार

कांग्रेस बाँकेकाे अधिवेशन अन्याेल

नेपालगञ्ज । नेपाली कांग्रेसको क्रियाशील सदस्यता विवादका कारण बाँकेमा १४औँ महाधिवेशनका सबै प्रक्रिया अन्याेल भएकाे छ । गत १८ भदौदेखि सुरु हुनुपर्ने वडा अधिवेशन क्रियाशील सदस्यता विवादकै कारण कहिले हुने हो भन्ने एकिन छैन । नेपाली कांग्रेस बाँकेका सचिव तप्त पौडेलले क्रियाशील सदस्यता विवादले गर्दा अधिवेशनका सबै प्रक्रिया अन्याेल बनेकाे बताए।

उनले भने, ‘पार्टीको विधि विधान र पद्धतीलाई मिचेर पेलेरै सदस्यता पठाएपछि विवाद चर्किएको हो । हामी असारको पहिलो सातादेखि निरन्तर केन्द्रमै बसेर विरोध जनाउँदै विधि पद्धती र विधानको अधिनमा रहेर टुङ्गयाउन दवाव दिँदै आएका छौँ ।’

पाैडेलले क्रियाशील सदस्यता विवाद भएपछि एक टोली झण्डै ४ महिनादेखि काठमाडाैंमै बसेर सदस्याता छानविन समितिसँग निरन्तर बार्ता गरेपनि आज-आज भोली–भोली भन्दै दिन बित्दै गएको बताए ।  

३ निर्वाचन क्षेत्र, १ उपमहानगरपालिका, १ नगरपालिका र ६ गाउपालिका रहेको बाँकेमा क्रियशील सदस्यताको विवादका कारण अधिवेशनका कुनै पनि गतिविधि सुरु भएका छैनन् । कांग्रेस बाँकेका कार्यालय सचिव उमेश शर्माले बाँकेमा पुराना क्रियाशील सदस्य ५ हजार २ सय र नयाँ थप तथा नवीकरण गरी करिब ८ हजार ५ सय केन्द्रमा पठाएको जानकारी दिए ।

पूर्व पार्टी सभापति तथा पूर्व प्रधानमन्त्री स्व. सुशील कोइरालाको गृह जिल्ला भएकोले पनि संस्थापन पक्षले आफूलाई कोइराला पक्षभन्दा कमजोर महशुस गरी पार्टीका पुराना तथा वर्तमान विभिन्न कमिटीमा रहेका पदाधिकारीहरूको समेत नाम क्रियाशील सदस्यताबाट काटेर पठाएपछि विवाद सुरु भएको कांग्रेस निकट स्रोतले जनाएकाे छ ।

संस्थापन पक्षले कोइराला पक्षमा रहेका पुराना कार्यकर्ता तथा क्षेत्र नम्बर १ का वर्तमान क्षेत्रीय कार्यसमितका सचिव डिल्ली गिरिसमेतको नाम काटेर पठाएपछि विवाद चुलिएको हाे ।

Leave a Reply