कांग्रेस महाधिवेशन : तेह्रथुमका ६ वटै पालिकामा सर्वसम्मत नेतृत्व चयन | ईमाउण्टेन समाचार

Our Network

वैशाख २५ २०८१, मंगलबार

कांग्रेस महाधिवेशन : तेह्रथुमका ६ वटै पालिकामा सर्वसम्मत नेतृत्व चयन

तेह्रथुम । नेपाली कांग्रेसको १४औं महाधिवेशन अन्तर्गत तेह्रथुममा ६ वटै पालिकामा सर्वसम्मत नेतृत्व चयन भएकाे छ । कांग्रेसले यसअघि ४३ वटै वडामा पनि सर्वसम्मत  नेतृत्व चयन गरेकाे थियाे । 

शनिबारका लागि नगर/गाउँ अधिवेशन तय भए पनि तेह्रथुममा सहमति जुटिसकेकाे हाे। छथर गाउँपलिका रामचन्द्र भट्टराई, लालिगुराँस नगरपालिका अमर गुरुङ, म्याङलुङ नगरपालिका इन्द्रराज तुम्बाहाम्फे,मेन्छ्यायेम गाउँपालिका तारकबहादुर सम्बाहाम्फे, फेदाप गाउँपालिकामा महेन्द्र फोम्बो र आठराई गाउँपालिकामा दिल कुमार पाहिम सभापति चुनिएकाे जिल्ला सचिव सन्तोष सुब्बाले बताए । अन्य पदमा पनि सर्वसम्मत रुपमा नेतृत्व चयन भएकाे छ ।

प्रदेश र जिल्लाका लागि पनि सहमतिकाे प्रयास भइरहेकाे जिल्ला सभापति गोविन्द ढुङ्गानाले जानकारी दिए ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);