काठमाडौं । एमालेका महासचिव ईश्वर पोखरेलले पार्टीमा अब एउटै व्यक्तिले दोहोराे जिम्मेवारी नपाउने बताएका छन् ।
प्रज्ञा प्रतिष्ठानमा बिहीबार कार्यकर्ता भेलालाई सम्बोधन गर्दै पोखरेलले अब दोहोरो जिम्मेवारी दिएर पार्टी अस्तव्यस्त नबनाउने स्पष्ट पारे ।
‘अब दोहोरो जिम्मेवारीबाट पार्टीमा अस्तव्यस्त हुँदैन । एउटा व्यक्तिको धेरै जिम्मेवारी हुँदैन । एक/दुई अपवाद होला नत्र हुँदैन । यता कुदयो, उता कुदयो, कहीँ भ्याएको छैन । अब त्यस्तो हुँदैन,’ उनले भने ।
वैचारिक प्रशिक्षण बढाउने, संगठनलाई सुदृढ गर्दै लैजाने उनको भनाइ थियो ।