एमाले र नेकपा एस बिचको सित युद्ध कहिले सम्म ? (भिडियो सहित) | ईमाउण्टेन समाचार

Our Network

पुष ९ २०८१, मंगलबार

एमाले र नेकपा एस बिचको सित युद्ध कहिले सम्म ? (भिडियो सहित)

काठमाडौं । वर्तमान सरकारले ल्याएको दल विभाजनसम्बन्धि अध्यादेशले संसदको सबैभन्दा ठूलो दल नेकपा एमाले र चौथो ठूलो दल जनता समाजवादी पार्टी विभाजन भए । नेकपा एमाले भित्रका नेताहरु त आफ्नो सरकारलाई ढालेर नै गढबन्धनको सरकार बनाउन लागिपरे । र अन्तत्वगत्व सरकारको सारथी बन्ने सर्तमा दल विभाजनको अध्यादेश ल्याउन सहयोग गर्ने पक्षमा माधव पक्ष पुग्यो । पार्टी विभाजन भयो, नेताहरु फरक फरक बाटोमा आ–आफ्नै तर्क गर्दै अगाडी बढे तर अझै पनि तिक्तता भने मेटिएन ।

नेकपा एमाले फुटेर दुई पार्टी बनेको एक महिना पूरा भएको छ । नेपाली राजनीतिका दुई सारथी मध्ये केपी शर्मा ओलीले पुरानो पार्टी अर्थात नेकपा एमालेलाई डोहोराउँदै आउनुभएको छ । जो काठमाडौंको भृकुटीमण्डपमा सम्पन्न ९ औं महाधिवेशनबाट अध्यक्ष बन्नुभएको थियो । भने, सोहि पार्टीबाट अलग्एिर माधव कुमार नेपालले नेकपा एकीकृत समाजवादी पार्टीको नेतृत्व गरिरहनु भएको छ ।

दुवै पार्टी आन्तरिक शक्ति जुटाउन र संगठन बिस्तारमा लागेका छन् र दिनहुँ जसो सभा सम्मेलन जारी रहेका छन् । संगठन बिस्तार र सुद्धिढिकरणका नाममा कार्यक्रम त भएका छन् तर भएपनि सबै कार्यक्रम भने एकले अर्कालाई आरोप प्रत्यारोप लागाएर टुंगिने गरेको छ । पार्टी फुटेर अलग अलग भइसक्यो । तर, दुवै जना अध्यक्ष तथा दोस्रो, तेस्रो तहका भनिएका नेताहरु एकले अर्कालाई आरोप प्रत्यारोप लगाउन र गाली गलौचका शव्द प्रयोग गर्न छाडेका छैनन् । माधव नेपालले ओलीलाई गणतन्त्र बिरोधि, गुटको राजनीति गर्ने, एकलौटी पार्टी संचालन गर्ने, कुलको कुलंगार र संविधान कुल्चिने पार्टी भित्रका कलंकित नेताको उपमा दिइरहेको देखिन्छ भने ।

यता, एमाले अध्यक्ष, ओलीले पनि नेपालको उछितो काढ्न छाडेका छैनन् । अझ ओलीका पछिल्ला हरेक भाषण माधव नेपाल र पुष्पकमल दाहालको उछित्तो काढ्नमै केन्द्रित हुने गरेका छन् । गृहनगर झापा देखि रुपन्देही र काठमाडौं लगाएतका जति स्थानमा ओलीको सहभागिता देखिन्छ त्यो स्थानमा नेपाललाई नै कटाक्ष गरेको देखिन्छ । ओलीले खास गरि आफुलाई मौरीको र नेपाललाई फोहरको डंगुर भन्दै समाजबादीमा गएका कार्यकर्तालाई फूलबारीमा फर्कन आग्रह गर्दै कटाक्ष गरेको पाइन्छ ।

यसरी आरोप प्रत्यारोप सुन्दा क्षणिक रमाइलोको लागि कार्यकर्ताले हो हल्ला गर्दै थपडी बजाउलान । तर, यसले पार्टीको भविष्य र राजनीतिक संस्कार कस्ता र कसरी डोहोराउने भनने हेक्का समेत देखिदैन ।

यो कुराको हेक्का नेतृत्वले कहिले राख्ने ? नेतृत्व नै आरोप प्रत्यारोपमा लागे कार्यकर्ताले कस्तो शिक्षा पाउलान भन्ने कुराको चिन्ता नेतृत्नमा कहिने आउने ? यो बेला भनेको सके पार्टी एक डिक्का बनाएर लाने नसके आफ्नो बाटो समात्ने । एकले अर्कालाई गाली गलौच नगरी एउटा नवीन सोच र मान्यताका साथ अगाडी बढ्नुपर्ने होइन र ?

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);