पुरानै स्वरूपमा फर्कंदै भक्तपुरको रानीपोखरी | ईमाउण्टेन समाचार

Our Network

मंसिर १४ २०८१, शुक्रबार

पुरानै स्वरूपमा फर्कंदै भक्तपुरको रानीपोखरी

भक्तपुर । भक्तपुरको रानीपोखरी आफ्नो मौलिक शैलीमा फर्कंदै छ । शाहीकालमा सेनाको नियन्त्रणमा पुगेको भक्तपुरको रानीपोखरी काठमाडौँको रानीपोखरीभन्दा ४० वर्ष जेठो पोखरी हो ।

भक्तपुरका राजा जगज्योति मल्लले विक्रम संवत् १६८७ मा आफ्नी रानी राजलक्ष्मीको सम्झनामा रानीपोखरी निर्माण गरेका थिए । लामो समयमा सेनाको अधिनमा रहेको पोखरीलाई भक्तपुर नगरपालिकाले सेनासँग वार्ता गरी खुल्ला गरेसँगै पुनर्निर्माण गरेको थियो ।

अहिले पोखरीलाई मौलिक शैलीमा चुन, सुकी, दाची अपा प्रयोग गरी उपभोक्ता समितिमार्फत पुनर्निर्माण गरिँदैछ । काठमाडौँको रानीपोखरी भने त्यसको ४० वर्षपछि वि।सं १७२७ मा प्रताप मल्लले बनाउन लगाएका थिए । प्रताप मल्लले आफ्ना छोरा चक्रवतेन्द्रको मृत्युपछि आफ्नी रानीको मन बुझाउन बनाएका थिए ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);