कोरोना संक्रमणको दर घटेपछि म्याग्दीको जनजीवन सामान्य बन्दै | ईमाउण्टेन समाचार

Our Network

असार २० २०८१, बुधवार

कोरोना संक्रमणको दर घटेपछि म्याग्दीको जनजीवन सामान्य बन्दै

म्याग्दी – कोरोना संक्रमणको दर घटेपछि म्याग्दीको जनजीवन सामान्य बन्दै जान थालेको छ । भाइरस संक्रमणको कारण पाँच महिनादेखि बन्द म्याग्दीका विद्यालय, तातोपानीका कुण्डहरु र धार्मिक क्षेत्रहरु खुल्ला भएका छन् । कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्र (डिसिएमसी) म्याग्दीको निर्णयअनुसार शैक्षिक संस्था, तातोपानीका कुण्ड र धार्मिक क्षेत्र खुला गरिएको प्रमुख जिल्ला अधिकारी गणेशबहादुर अधिकारीले बताउनुुभयो ।


सरकारले ल्याएको कोभिड–१९ सम्बन्धी सुष्म योजना र ‘स्मार्ट लकडाउन’को अवधारणा अनुसार विद्यालय खुलाउने निर्णय गरिएको होे । जिल्लामा कोरोना संक्रमणको दर घटेकाले जनस्वास्थ्यका सम्पूर्ण मापदण्डहरुको पूर्ण रुपमा पालना गर्नेगरी विद्यालय खुला गर्न अनुमति दिइएको छ प्रजिअ अधिकारीले भन्नुुभयो ।डिसिएमसीको वैठकको निर्णयअनुसार जिल्लाका सबै स्थानीय तहमा सञ्चालित विद्यालयहरु पुनः सञ्चालनमा आएका छन् ।

गएको बैशाख तेस्रो सातादेखि म्याग्दीका विद्यालयहरु बन्द भएका थिएभने बैशाख २३ गतेदेखि जिल्लामा लकडाउन गरिएको थियो । लामो समयसम्म विद्यालय बन्द हुँदा बालबालिकाहरुको पढाई बिग्रने र अनलाइन कक्षा सञ्चालन गरिए पनि प्रभावकारी नभएपछि स्वास्थ्य सुरक्षाका मापदण्डको पालनासहित विद्यालयहरु सञ्चालन गरिएको छ । बेनी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत छविलाल सुवेदीले विद्यालयको प्रतिबद्धता, स्मार्ट लकडाउनको कार्यविधि, वैकल्पिक शिक्षण सिकाई कार्ययोजना र डिसिएमसीको निर्णयअनुसार स्वास्थ्य सुरक्षाका सबै मापदण्डहरुको पालना गरेर विद्यालय खुलाइएको बताउनुभयो ।

उहाँले अबदेखि गाउँमा ५ जना, सहरमा ८ जना र व्यक्तिको घरमा एक जनालाई कोरोना संक्रमण देखिएमा सिल गरिने बताउनुभयो । नगरपालिका क्षेत्रमा मात्रै ५६ ओटा विद्यालयहरु सञ्चालनमा रहेका छन् । एक नगरपालिका र पाँचवटा गाउँपालिका रहेको म्याग्दीमा सामुदायिक, संस्थागत, क्याम्पस, अनौपचारिक, धार्मिक र संस्कृत गरी कुल २ सय ६९ वटा शैक्षिक संस्थाहरु सञ्चालनमा रहेको शिक्षा विकास तथा समन्वय इकाई म्याग्दीले जनाएको छ । जिल्लामा सामुदायिकतर्फ २ सय ३९, संस्थागततर्फ २३, क्याम्पस ४, अनौपचारिक, धार्मिक र संस्कृतका एकएक वटा विद्यालय रहेको इकाई प्रमुख दलबहादुर थापाले बताउनुभयो ।

त्यस्तै आजदेखि जिल्लाका धार्मिक मठमन्दिहरु पनि भक्तजनहरुका लागि खुला गरिएको छ । गलेश्वर मन्दिर, पुलस्त्य पुलहाश्रम, जगन्नाथधाम, मालिका धुरीलगायत जिल्लाको विभिन्न स्थानमा रहेका धार्मिक क्षेत्र भक्तजन र धार्मिक पर्यटकका लागि खुलाइएको हो । कोरोना संक्रमणको जोखिमका कारण लामो समयदेखि बन्द रहेका धार्मिक क्षेत्रमा पनि स्वास्थ्य मापदण्डसहित धेरै भीडभाड नहुने गरी खुला गरिएको छ ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);