पेस्की अध्यादेश आउँदैन : अर्थमन्त्री | ईमाउण्टेन समाचार

Our Network

वैशाख ५ २०८२, शुक्रबार

पेस्की अध्यादेश आउँदैन : अर्थमन्त्री

काठमाडौं ।  सरकारले पेस्की अध्यादेश नल्याउने स्पष्ट पारेको छ । अर्थमन्त्री जनार्दन शर्माले भने पेस्की अध्यादेश नआउने स्पष्ट पारेका हुन् । 

एमालेको अवरोधका बीच पनि अर्थसम्बन्धी अध्यादेशलाई प्रतिस्थापन गर्न बनेको विधेयक संसदमा पेस भए पनि पारित हुने अवस्था नभएपछि पेस्की बजेट आउने अनुमान गरिएकाे थियाे ।

मंगलबार संसद बैठकमा सहभागी भएर बाहिरिने क्रममा मन्त्री शर्माले सदन चलिरहेकाले अध्यादेश नआउने बताए । कर उठाउने विशेष व्यवस्था रहेको भन्दै उनले पेस्की अध्यादेश नल्याउने बताए ।

एमाले सांसदहरूको नाराबाजीले प्रतिनिधिसभा बैठक प्रभावित हुँदै आएको छ । मंगलबार पनि एमाले सांसदहरूको नाराबाजी चल्यो । तर, सभामुख अग्निप्रसाद सापकोटाले कार्यसूचीमा प्रवेश गराएको बैठकले विनियोजन विधेयकलाई स्वीकृत गरेको छ । 
 

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);