आज न्यायाधीश र कानुन व्यवसायीबीच छलफल हुँदै | ईमाउण्टेन समाचार

Our Network

फागुन २ २०८१, शुक्रबार

आज न्यायाधीश र कानुन व्यवसायीबीच छलफल हुँदै

sarbochha adalat

काठमाडौं । सर्वोच्च अदालतका न्यायाधीश र कानुन व्यवसायीबीच आज सोमबार दिउँसो छलफल हुँदैछ । सर्वोच्च अदालतले दिउँसो २ बजेका लागि बार-बेञ्च समन्वय समितिको बैठक आह्वान गरेको हो । 

सोमबारको बैठकमा न्यायाधीश हरिकृष्ण कार्की नेतृत्वको समितिले बुझाएको प्रतिवेदनमाथि छलफल हुनसक्ने ठानिएको छ । उक्त समितिले न्यायालयमा कायम विकृति हटाउन सिफारिस गरेको थियो ।

बार-बेञ्च समन्वय समितिले न्याय प्रशासन र कानुन व्यवसायीबीचको समन्वय र समस्या समाधान गर्ने काम गर्छ । समितिमा प्रधानन्यायाधीशसहित चार वरिष्ठतम न्यायाधीश र मुख्य रजिष्ट्रार छन् ।

समितिमा नेपाल बार एशोसिएसनका अध्यक्ष चण्डेश्वर श्रेष्ठ, बारका पूर्वअध्यक्षहरू हरिहर दाहाल र शम्भु थापा र सर्वोच्च अदालत बार एसोसिएसनका अध्यक्ष पूर्णमान शाक्य पनि छन् ।  समितिमा महान्यायाधिवक्ताको पनि प्रतिनिधित्व रहन्छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);