एमसीसी उपाध्यक्ष फतिमाले भेटिन् प्रचण्डलाई | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८०, शुक्रबार

एमसीसी उपाध्यक्ष फतिमाले भेटिन् प्रचण्डलाई

काठमाडौं । चार दिने नेपाल भ्रमणमा रहेकी अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन एमसीसी उपाध्यक्ष फतिमा सुमारले राजनीतिक भेटघाट तीव्र पारेकी छन् ।

प्रमुख प्रतिपक्ष एमाले अध्यक्ष केपी ओलीलाई भेटेर राजनीतिक भेट यात्रा थालेकी उनी सत्तासीन माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई भेट्न शुक्रबार बिहान खुमलटार पुगिन् ।

एमसीसीको विरोध गर्दै आएका प्रचण्डलाई उपाध्यक्ष फतिमाले एमसीसीबारे विश्वस्त गराउने प्रयासका साथै पारित हुने वातावरण मिलाउन आग्रह गरेको बताइएको छ । उनीहरुको भेटवार्ता झन्डै एक घण्टाको रहेको थियो ।

फतिमाले बिहीबार नै एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, जनता समाजवादीका अध्यक्षद्वय बाबुराम भट्टराई र उपेन्द्र यादवसँग पनि भेट गरेकी थिइन् ।

उनले प्रधानमन्त्री शेरबहादुर देउवा, अर्थमन्त्री जनार्दन शर्मासहितलाई पनि भेट्ने कार्यक्रम छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);