भालुले मकै बाली सखाप पार्दा कृषक चिन्तित | ईमाउण्टेन समाचार

Our Network

पुष १२ २०८१, शुक्रबार

भालुले मकै बाली सखाप पार्दा कृषक चिन्तित

सल्लेरी । भालुले मकै बालीमा क्षती पुर्‍याउन थालेपछि खुम्बु  पासाङ ल्हामु गाउँपालिका-१ बुक्साका कृषक चिन्तित बनेका छन् । कृषकले मेहनत गरेर लगाएको मकै बाली पाक्न नपाई जंगली जीवजन्तुले सखाप पार्न थालेपछि आफूहरू चिन्तित बनेको स्थानीय सर्वधन राईले बताए ।

वर्षभरी खान पुग्ने गरी मेहनतका साथ लगाएको मुख्य अन्नबाली मकै एक साता यता भालुले खान थालेपछि अर्को वर्ष के खाने भन्ने चिन्ता थपिएको स्थानीय हस्तबहादुर लिम्बुले बताए । 

भालुले अन्नबाली मात्रै सखाप गर्ने नभएर कतिवेला मानिसलाई पनि आक्रमण गर्छ भन्ने डर रहेको स्थानीयको गुनासो छ । साँझ पर्नासाथ भालु बारीमा आउने भएकाले गाउँघरमा हिड्‍डुल गर्नसमेत त्रास उत्पन्न भएको स्थानीयले बताएका छन् । 

भालुले एकै रातमा एक रोपनी क्षेत्रफलको मकै सखाप  बनाउने गरेको लिम्बुले बताए । जिल्लाको तामाखानी, बेनी, केरुङ, सिसाखोला, गार्मा, रोशी, जैदु, महाकुलुङ, माप्यदुधकोशीलगायत क्षेत्रमा भालुले मकै बारीमा क्षति पुर्‍याउने गरेको छ।           

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);