सन्दीपले लिए व्यक्तिगत दोस्रो विकेट, पिएनजीको पाँचौँ विकेट गयो | ईमाउण्टेन समाचार

Our Network

जेठ २९ २०८१, मंगलबार

सन्दीपले लिए व्यक्तिगत दोस्रो विकेट, पिएनजीको पाँचौँ विकेट गयो

काठमाडौं । पपुवा न्युगिनी (पिएनजी) विरुद्ध नेपालले पाँचौ विकेट लिएको छ ।

ओमानको अल अमिरात क्रिकेट मैदानमा जारी खेलमा नेपालका सन्दीप लामिछानेले व्यक्तिगत दोस्रो तथा टोलीका लागि पाँचौँ विकेट लिएका हुन् ।

सन्दीले २४ बलमा १४ रन बनाएका सेसे बाउलाई कुशल मल्लको हातबाट क्याच आउट गराएका हुन् । यससंँगै नेपालका लागि डेब्यु गरेका तीव्र गतिका बलर विक्रम सोब र सन्दीप लामिछानेले समान २–२ विकेट लिएका छन् । कुशल मल्लले एक विकेट लिएका छन् ।

यसअघि पहिलो बलमै विक्रमले पिएनजीका ओपनर ब्याटस्म्यान टोनी पाला उरालाई बोल्ड गराएका हुन् । बिक्रमले दोस्रो विकेट चौथो ओभरको अन्तिम बलमा लिए । दोस्रो विकेट लिने क्रममा विक्रमले पिएजनीका कप्तान असाद भालालाई आरिफ शेखको हातबाट क्याच आउट गराए ।

नेपालको लागि तेस्रो विकेट सन्दीप लामिछानेले लिए । सन्दीपले ११।५ औं ओभरमा २३ रन बनाएका कार्लेस अमिनीलाई विकेट किपर आसिफ शैखको हातबाट आउट गराएका हुन् । चौथो विकेट कुशलको नाममा रह्यो । कुशलले १२।५ औं ओभरमा ३० रन बनाएका लेगा सियकालाई आफ्नो हातबाट क्याच आउट गराएका हुन् ।

यसअघि टस जितेर पिएनजीले ब्याटिङ रोजेको थियो । १९ ओभरको खेल जारी रहँदा पिएनजीले ५ विकेट गुमाएर ८५ रन बनाएको छ ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);