संखुवासभा घटनाको अनुसन्धान गर्न सिआईबी टोली मादी जाँदै | ईमाउण्टेन समाचार

Our Network

कार्तिक १६ २०८१, शुक्रबार

संखुवासभा घटनाको अनुसन्धान गर्न सिआईबी टोली मादी जाँदै

संखुवासभा । संखुवासभाको मादीमा एकै परिवारको ६ जनाको हत्या प्रकरणको अनुसन्धान गर्न नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सिआईबीको टोली घटनास्थलतर्फ जाने भएको छ ।

सिआईबी प्रवक्ता प्रहरी उपरीक्षक श्यामकुमार महतोले घटनाको अनुसन्धानका लागि टोली तयार भइसकेको जानकारी दिए ।

‘टोली जान तयार छ, तर मौसमका कारण केही ढिलाइ भइरहेको छ,’ महतोले भने, ‘सम्भवतः आजै टोली घटनास्थलतर्फ जान्छ होला ।’ सोमबार बिहान मादी नगरपालिका– १, खोलागाउँका ६ जनाको शव घरभित्र र बाहिर फेला परेको थियो ।

जिल्ला नाका सिल गरेर तालिमप्राप्त कुकुरको सहायतामा अनुसन्धान अधिकृतहरुबाट मंगलबार बिहान ७ बजेदेखि अनुसन्धान सुरु गरिएको जिल्ला प्रहरी कार्यालय संखुवासभाका डिएसपी लालध्वज सुवेदीले बताए ।

उनकाअनुसार अनुसन्धानका लागि संघीय प्रहरी एकाइ कार्यालय धरानका एसपी भीम दाहालसहितको टोली घटनास्थलमा छ । आइतबार राति अज्ञात समूहको धारिलो हतियार प्रहारबाट मादी– १ का स्थानीय ५८ वर्षीय तेजबहादुर कार्कीसहित एकै परिवारका ६ जनाको हत्या भएको थियो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);