सुदूरपश्चिम प्रदेशसभामा माधव नेपालको पार्टी एमालेभन्दा ठूलो | ईमाउण्टेन समाचार

Our Network

भदौ २३ २०८१, आइतबार

सुदूरपश्चिम प्रदेशसभामा माधव नेपालको पार्टी एमालेभन्दा ठूलो

धनगढी । माधव नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादी पार्टी सुदूरपश्चिम प्रदेशसभामा एमालेभन्दा ठूलो दल बनेको छ ।

आइतबार एमालेका थप तीनजना प्रदेशसभा सदस्यले नेकपा एसको पक्षमा निर्वाचन कार्यालय पुगेर सनाखत गरेसँगै सो पार्टीको प्रदेशसभा सदस्य संख्या १३ पुगेको छ ।

प्रदेशमा माओवादी केन्द्रका पनि १३ जना प्रदेशसभा सदस्य छन् । माओवादी केन्द्रको भन्दा ठूलो पार्टी बनाएर सत्ताको दाबी गर्ने भन्दै थप एक सांसद जुटाउने अभियानमा सो पार्टीका नेताहरु लागिपरेका छन् । प्रदेशसभा सदस्य बलदेव रेग्मीलाई आफ्नो पक्षमा ल्याएर बहुमत सदस्य जुटाउने अभियान जारी रहेको प्रदेशसभा सदस्य दीर्घ सोडारीको दाबी छ ।

प्रदेशसभा सदस्यहरु दीर्घ सोडारी र तारा लामा तामाङसँगै विगतमा ओली पक्षमा खुल्दै आएका पूर्वराज्यमन्त्री प्रकाश रावलले आज निर्वाचन कार्यालय पुगेर नेकपा एसको पक्षमा सनाखत गरेका छन् ।

योसँगै कांग्रेस र एमालेसँग १२/१२ जना प्रदेशसभा सदस्य हुनेछन् भने जनता समाजवादी पार्टीका दुईजना प्रदेशसभा सदस्य छन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);