काठमाडौं । जारी नेपाल-भारत पहिलो मैत्रीपूर्ण खेलमा दोस्रो हाफमा गोल गर्दै भारतले बराबरी गोल फर्काएको छ । दशरथ रंगशाला जारी दोस्रो हाफमा गोल गर्दै भारतले १-१ गोलको बराबरी गरेको हो ।
अन्जन बिष्टको सुरुवाती गोलसँगै भारतविरुद्धको पहिलो मैत्रीपूर्ण खेलको पहिलो हाफमा नेपालले अग्रता बनाएको थियो । दोस्रो हाफको ६१ मिनेटमा अनिरुद्ध थापाले खेल बराबरीमा पुर्याएका हुन् । नेपालका कप्तान तथा गोलरक्षक किरणकुमार लिम्बूले पन्च गरेको बललाई गोल लाइनबाट अनिरुद्धले जाली चुमाएका हुन् ।