प्रधानमन्त्रीद्वारा फोहोर व्यवस्थापन गर्न निर्देशन | ईमाउण्टेन समाचार

Our Network

फागुन ४ २०८२, मंगलबार

प्रधानमन्त्रीद्वारा फोहोर व्यवस्थापन गर्न निर्देशन

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले उपत्यकामा थुप्रिएको फोहोर उठाउन निर्देशन दिएका छन् ।

उनले आज प्रधानमन्त्री निवास बालुवाटारमा बोलाई काठमाडौं महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्य र उपप्रमुख हरिप्रभा खड्गीलाई जतिसक्दो चाँडो उपत्यकाको फोहोर उठाउन निर्देशन दिएका हुन् ।

उनले अरू निकायसँग समन्वय गरेर फोहोर व्यवस्थापन गर्न निर्देशन दिए ।

प्रमुख शाक्यले प्रधानमन्त्री देउवालाई काठमाडौंको फोहोर दीर्घकालीन रूपमा व्यवस्थापन गर्नुपर्ने माग राखेर पत्रसमेत दिएका छन् ।

Leave a Reply