पन्जशिर प्रान्तको रेसिस्टेन्ट फ्रन्टका सदस्य भन्छन्, तालिबानका खुट्टा भाँच्छौं | ईमाउण्टेन समाचार

Our Network

असोज ११ २०८१, शुक्रबार

पन्जशिर प्रान्तको रेसिस्टेन्ट फ्रन्टका सदस्य भन्छन्, तालिबानका खुट्टा भाँच्छौं

एजेन्सी । तालिबानले सम्पूर्ण अफगानिस्तानलाई नियन्त्रणमा लिएको दाबी गरे पनि देशको उत्तरपूर्वी प्रान्त पन्जशिरमा उसले अहिलेसम्म कुनै गतिविधि चलाउन सकेको छैन् । पन्जशिरमा अहिले नेसनल रेसिस्टेन्स फ्रन्ट (एनआरएफ) ले सरकार चलाइरहेको छ ।

यो फ्रन्ट तालिबानविरोधी र इस्लामिक गणतन्त्र अफगानिस्तानको कट्टर समर्थक मानिन्छ । करिब एक लाख ७३ हजार जनसंख्या भएको पन्जशिर प्रान्तका मुख्य नेता अहमद मसुद हुन् ।

सो प्रान्तमा तालिबानको शून्य प्रभाव रहेको विवरण सार्वजनिक भइरहेका बेला आइतबार उसले आफ्ना केही लडाकू त्यसतर्फ बढेको दाबी गरेको थियो । तर, मसुदका समर्थकले तालिबानी दाबी गलत भएको भन्दै पन्जशिरमा कोही प्रवेश नगरेको प्रष्ट पारेको छ ।

‘पन्जशिरमा कोही तालिबान पसेको छैन र कुनै मुठभेड भएको छैन्,’ रेसिस्टेन्ट फ्रन्टका मोहम्द अलमास जहिदले भने । आफ्नो प्रान्तमा तालिबान आए लखेटेरे खुट्टा भाँचिदिने फ्रन्टका सदस्यहरुले चेतावनी दिएका छन् ।

प्रान्तीय नेता अहमद मसुद र अम्रुल्लाह सालेहले बषौंदेखि तालिबानलाई चुनौती दिदै आएका छन् । अहमद प्रख्यात अफगानी कमाण्डर अहमद साह मुसदका छोरा हुन् भने सालेह पूर्व अफगान सरकारका प्रथम उपराष्ट्रपति हुन् ।

चारैतिर डाँडाको मध्ये भागमा रहेको मैदानयुक्त पन्जशिरका लडाकूले तालिबानबाट जोगाउन रणनीतिक युद्ध गर्दै आएका छन् । फ्रन्टका सदस्यले कुनै बेला पहाडको चुच्चोबाट मेसिन गन हानेर तालिबान लडाकू लखेटेका थिए । हिन्द कुश पहाडभित्र पर्ने पन्जशिर उपत्यका राजधानी काबुलबाट ९० माइल टाढा पर्छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);