४ दिनमै ८९ फरार आरोपी पक्राउ | ईमाउण्टेन समाचार

Our Network

वैशाख १४ २०८१, शुक्रबार

४ दिनमै ८९ फरार आरोपी पक्राउ

चितवन । चितवन प्रहरीले चार दिनको अवधिमा विभिन्न आरोपमा फरार रहेका ८९ आरोपीलाई पक्राउ गरेको छ । भदौ ८ देखि ११ गतेसम्म संचालित फरार व्यक्ति पक्राउ अभियानका क्रम मा निजहरुलाई पक्राउ गरिएको हो ।

जिल्ला प्रहरी कार्यालय, चितवन का प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक सूर्यबहादुर थापाका अनुसार पक्राउ पर्नेहरुमा ८१ पुरुष र आठ महिला रहेका छन् ।

वन पैदावार, किर्ते, जुवा ,चोरी, लागूऔषध, बहु विबाह लगायतका विभिन्न आरोपमा मुद्दा फैसला भइ कैद तथा जरिवाना तोकिए पश्चात फराररहेका हरुलाई पक्राउ गरिएको हो ।

पक्राउ परेकाहरुबाट जरिवाना असुल उपर गरि फैसला कार्यान्वयनको लागि जिल्ला अदालत चितवनमा बुझाईएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);