कञ्चनपुर । सुदूरपश्चिम प्रदेशका पहाडी भेगमा भएको अविरल बर्षाका कारण तराईमा बाढी आएको छ ।
तराईमा उच्च वर्षा नभएपनि पहाडी क्षेत्रमा परेको अविरल वर्षाका कारण दोदा नदीमा बाढी आउँदा कञ्चनपुरको लालझाडी गाँउपालिका डुबानमा परेको छ ।
बिहीबार रातिदेखि नदी गाउँ पसेसँगै लालझाडीका सयौँ घर डुवानमा परेका छन् ।