एजेन्सी । भारतमा पछिल्लो २४ घण्टामा ४४ हजार ६ सय ५८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
त्यसैगरी भारतमा पछिल्लो २४ घण्टामा संक्रमणका कारण मृत्यु भएको ४ सय ९६ सहित कुल ४ लाख ३६ हजार ८ सय ६१ ले ज्यान गुमाईसकेका छन् ।
भारतमा पछिल्लो २४ घण्टामा ३२ हजार ९ सय ८८ जना संक्रमणमुक्त भएका छन् । योसँगै भारतमा कोरोना संक्रमणमुक्त हुनेको संख्या ३ करोड १८ लाख २१ हजार ४ सय २८ पुगेको छ ।
भारतमा हाल सक्रिय संक्रमित ३ लाख ४४ हजार ८ सय ९९ रहेको छ ।
भारत सरकारले हालसम्म ६१ करोड २२ लाख ८ हजारभन्दा बढी नागरिकलाई कोरोनाविरूद्धको खोप लगाईसकेको छ ।