कमरेडहरू ! थाहा छ ? अबका केही दिन तपाईंहरूको हुर्मत लिइनेछ : विष्णु रिजाल | ईमाउण्टेन समाचार

Our Network

असोज १२ २०८१, शनिबार

कमरेडहरू ! थाहा छ ? अबका केही दिन तपाईंहरूको हुर्मत लिइनेछ : विष्णु रिजाल

काठमाडौं । नेकपा एमालेका नेता विष्णु रिजालले माधवकुमार नेपालको साथ छोडेर एमालेमा फर्किएका तेस्रो धारका नेताहरुको अबका केही दिन हुर्मत लिइनेछ भन्दै उनीहरुलाई सचेत गराएका छन् ।

एमालेबाट टुक्रिएर नयाँ दल दर्ताका लागि सहमत भई एमालेमा फर्केका नेताहरुलाई अबका केही दिन ‘ट्रोल’ बनाईने, ‘विलिन’ र ‘टाङमुनि छिरेका’ शब्दहरुको प्रयोग गरी हुर्मत लिइने भन्दै नेता रिजालले बिहीबार बिहान सामाजिक सञ्जालमार्फत् सचेत गराएका हुन् । ती नेताहरुलाई पदका लागि बार्गेनिङ गरेका भन्दै नैतिकताका नक्कली पाठहरु पढाइने उनको भनाई छ ।

एमाले अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओली पहिलो पटक पुष ५ गते संसद विघटन गरेपछि नेपाल पक्षमा खुलेर लागेका र ओलीको विरोध गरेका भिम रावल, योगेश भट्टराई, सुरेन्द्र पाण्डे, घनश्याम भुसाल, अष्टलक्ष्मी शाक्य, रघुजी पन्त, भिम आचार्यलगायतका नेताहरु अहिले एमाले एकतालाई महत्व दिँदै एमालेमा फर्किएपछि उनीहरुको बारेमा नकरात्मक टिप्पणीहरु हुन थालेका छन् । यस्तो अवस्थामा नेता रिजालले ती नेताहरुलाई हौसला दिँदै सचेत गराएका छन् ।

उनले लेखेका छन्–‘‘ कमरेडहरू ! थाहा छ- अबका केही दिन तपाईंहरूको हुर्मत लिइनेछ । अलग सन्दर्भका पुराना भाषण, अन्तर्वार्ता र लेख उधिनेर ‘ट्रोल’ गरिनेछ, ‘विलिन’ र ‘टाङमुनि छिरेका’ शब्दहरू खुबै प्रयोग गरिनेछन्, ‘पदका लागि बार्गेनिङ गरेका’ कथाहरू बेचिनेछन्, ‘नैतिकता’ का नक्कली पाठहरू पढाइनेछन् ।’’

यस्ता कामहरु एमाले बलियो होस् भन्ने नचाहनेले गर्ने पनि नेता रिजालले उल्लेख गरेका छन् । यस्ता टिप्पणीले मात्रै पनि एमालेमा फर्किएका नेताहरुको कठोर निर्णयको औचित्य पुष्टि हुने उनको भनाई छ । लाखौं कार्यकर्ता र आमजनताले यस दुरगामी निर्णयको मूल्यांकन गर्ने उनको तर्क छ । ‘‘तर, केही छैन( यी काम तिनबाट हुनेछन्, जो एमाले बलियो नहोस् भन्ने चाहन्छन् । यतिले मात्रै पनि तपाईंहरूको सही, भविष्यमुखी र व्यक्तिगत रूपमा कठोर निर्णयको औचित्य स्वतस् पुष्टि हुन्छ । लाखौंलाख कार्यकर्ता र आमदनताले तपाईंहरुको यस दुरगामी निर्णयको अवश्य मूल्यांकन गरेका छन् र गर्नेछन् ।’’

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);