पौडेल पक्षको सक्रियता : नेताहरु चाक्सीबारीमा छलफलमा जिल्ला सभापतिहरु केन्द्रीय कार्यालय धर्नामा | ईमाउण्टेन समाचार

Our Network

फागुन १८ २०८१, आइतबार

पौडेल पक्षको सक्रियता : नेताहरु चाक्सीबारीमा छलफलमा जिल्ला सभापतिहरु केन्द्रीय कार्यालय धर्नामा

काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षका नेताहरु छलफलमा जुटेका छन् ।

संस्थापन–इतर समूहका नेताहरु बुधबार बिहान पूर्वमहामन्त्री प्रकाशमान सिंहकोको निवास चाक्सीबारीमा बैठक बसेका छन् ।

बैठक महाधिवेशनको तयारीमा केन्द्रीत भएको बताइएको छ । बैठकमा पार्टी निर्वाचन समितिका पौडेलका पक्षका नेताहरुको पनि उपस्थिति रहेको छ । महाधिवेशनका लागि भएको तयारीका विषयमा उनीहरुबाट ब्रिफिङ लिन लागिएको छ ।

छलफलमा वरिष्ठ नेता पौडेल, महामन्त्री शशांक कोइराला र पूर्वमहामन्त्री प्रकाशमान सिंह, पूर्वसहमहामन्त्री अर्जुननरसिंह केसी, केन्द्रीय सदस्यहरू बलबहादुर केसी, मिनेन्द्र रिजाल, दिलेन्द्रप्रसाद बडु, शेखर कोइरालासहितका नेताहरू चाक्सीबारीमा पुगेका हुन् ।

पौडेल पक्षका नेताहरु एकातिर चाक्सीबारीमा छलफलमा जुटेका छन् भने अर्कातिर पौडेल पक्षका जिल्ला सभापतिहरु केन्द्रीय कार्यालय सानेपामा धर्नामा जुटेका छन् । क्रियाशील सदस्यको नामावली पार्टीको वेवसाइटमा सार्वजनिक गरिनुपर्ने माग गर्दै उनीहरुले मंगलबारबाट पार्टी कार्यालयमा धर्ना दिन सुरु गरेका हुन् ।

जिल्ला सभापति उठ्ने मापदण्ड एकै हुनुपर्ने माग उनीहरूको छ । उनीहरुको धर्ना बुधबार पनि जारी रहेको छ र ११ बजेबाट रिले अनसन समेत बस्ने घोषणा गरिसकेका छन् । पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले भने चाँडै ने क्रियाशील नामावाली सार्वजनिक हुने बताईसकेका छन् ।

चाक्सीबारीको छलफलमा पार्टी कार्यालयमा जिल्ला सभापतिहरुको धर्ना र अनसनको विषय बनेको छ । यसका साथै भदौ १८ मा हुन लागेको वडा अधिवेशनका विषयमा छलफल भएको बताइएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);